एफ एण्ड एफ साइक्लिङ ग्रुपले आज ललितपुरको बुङ्गमती कार्यविनायकस्थित अपाङ्ग सेवा संघमा रहेका बालबालिकाहरूलाई खाजा वितरण गरेको छ l
कार्यक्रम राजुमान तथा करुणाको प्रायोजनमा उक्त साइक्लिङ ग्रुपको सहभागितामा सम्पन्न भएको छ l अपाङ्ग सेवा संघका प्रमुख दयाराम महर्जनले आफ्नो संघमा स्थानीय बाहेक विभिन्न जिल्लाबाट ७४ जना रहेको बताए l संघमा त्यस्ता बालबालिकाहरूलाई अध्ययनका अलावा अतिरिक्त क्रियाकलापहरूको पनि प्रशिक्षण दिदै आएको पनि बताए l
रहरै रहरमा २/४ जना साथीहरू मिलेर साइक्लिंग यात्रा थालेको छोटो समयमैं ठूलो समूह बन्दै गएपछि संस्थागत रूपमा हालसालै दर्ता पनि गरिसकेको ग्रुपका अध्यक्षका सुमन श्रेष्ठले जानकारी दिए l “साइकल चलाऔं र स्वस्थ बनौं” भन्ने नाराका साथ अगाडि बढेको यो ग्रुपमा महिला र पुरुष गरी १५० जनाभन्दा बढीको समूह बनाई सकेको महासचिव राजुमान महर्जनले सुनाए l
साथै कामपा वडा न १५ का सदस्य एवं उक्त एफ एण्ड एफ साइक्लिंग ग्रुपका सल्लाहकार समेत रहेकी श्रीमती मैयाँलक्ष्मी महर्जनले यस्तो पुण्य कार्यमा आफू सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै वडाको तर्फबाट यस्तो सामाजिक पुण्य कार्यका लागि आफू दत्तचित्त भई लागिरहेको र आगामी दिनमा वडाको तर्फबाट गर्न सक्ने सहयोगका निम्ति आफूले पहल गर्ने वचनवद्धता व्यक्त गरिन् l