देउवाले अन्ततः गगन–विश्वप्रकाशलाई गलाएरै छाडे, व्याक भए एक्जिट पोलिसी र गठबन्धन नगर्ने अडानबाट

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापाबीच सहमति जुटेको छ । आज (शनिबार) महामन्त्रीद्वयसँग सभापति देउवाले छलफल गरेका थिए । पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने प्रस्ताव राखेका थिए ।

गठबन्धन गर्दा कांग्रेस कमजोर हुँदै गएको उनको दाबी थियो । अर्का महामन्त्री शर्माले ‘एक्जिट पोलिसी’ को प्रस्ताव अगाडि सारेका थिए । उनको प्रस्तावमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेका थिए ।

महामन्त्रीद्वयको प्रस्तावबाट झस्किएका देउवाले अन्ततः गगन–विश्वप्रकाशलाई गलाएरै छाडेका छन् । बुढानीलकण्ठ स्रोतका अनुसार निर्वाचनको बेला गठबन्धन गर्ने वा नगर्ने विषयमा अहिले महामन्त्री थापा मौन बस्ने सहमति बनेको छ । त्यस्तै, अर्का महामन्त्री शर्माको एक्जिट पोलिसीमा भने संविधान संशोधनको बेला छलफलमा ल्याईने गरी सहमति भएको बताइएको छ ।

महामन्त्रीद्वयको प्रस्तावमा पार्टी केन्द्रीय समितिमा ब्यापक छलफल भइरहेको थियो । देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणाले केन्द्रीय समितिमा महामन्त्री शर्माको प्रस्तावमाथि ठाडो आलोचना गरेकी थिईन् ।

महामन्त्री शर्माले अगाडि सारेको एक्जिट पोलिसी लागू भएको खण्डमा सभापति देउवा प्रधानमन्त्री बन्नबाट बञ्चित हुनेथिए । यसअघि पाँचौ पटक प्रधानमन्त्री भइसकेका देउवा अब २३ महिनापछि प्रधानमन्त्री बन्ने लाईनमा छन् । एमाले र कांग्रेसबीच भएको पाँच बुँदे सहमतिमा २ वर्षपछि देउवालाई प्रधानमन्त्री बनाउने उल्लेख छ ।

सभापति देउवाले महामन्त्रीद्वयलाई अन्ततः मध्यमार्गी बाटोमा ल्याएरै छाडेका हुन् । महामन्त्रीद्वयलाई विश्वासमा लिएर उनले अन्ततः प्रधानमन्त्री पद सुरक्षित गरेका छन् । कांग्रेस केन्द्रीय समिति बैठक भोलि (भदौ १६ गते) बस्दैछ ।

सिफारिस

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। खेलमा घरेलु टोली नेपालले चीनलाई...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। हराभरा जंगल, जैविक विविधता, धार्मिक–सांस्कृतिक पहिचान र प्राकृतिक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा ऐतिहासिक पुलुकिसी नाच २०८२ आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। परापूर्वकालदेखि जात्राको रूपमा प्रदर्शन...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा...

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

धेरै पढिएको