‘हेर्ने कथा’का प्रकाशलाई घरमै लगेर दिइयो नागरिकता

भोजपुर – युट्युब कार्यक्रम ‘हेर्ने कथा’ मार्फत् चर्चामा आएका प्रकाश मोक्तानलाई अन्ततः घरमै नागरिकता दिइएको छ । भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले आइतबार प्रकाशलाई औपचारिक रूपमा नागरिकता हस्तान्तरण गरे ।

वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवाली, र नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईँ पनि उपस्थित थिए ।

आफ्नो परिवारसँगको पुनर्मिलनसँगै प्रकाशले नागरिकता पाएपछि नयाँ जीवनको सुरुवात गर्दैछन् । प्रकाश मोक्तान, जो ‘हराएका वर्षहरू’को पात्र बनेर ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन गरेका थिए । उनी गोरखाबाट भोजपुर फर्किएपछि नागरिकता दिइएको हो ।

‘हेर्ने कथा’ मार्फत् वर्षअघि परिवार भेटेका प्रकाशको कथाले धेरैलाई भावुक बनाएको छ । त्यसपछि दशैँ तिहारको अवसरमा भोजपुर गएका प्रकाश फेरि गोरखाको चुमभ्याली फर्किएका थिए । जहाँबाट अहिले फेरि उनी घर फर्किएका हुन् ।

प्रकाशलाई गोरखाका साहू टासी लामाले १० लाख रुपैयाँ पारिश्रमिक दिने घोषणा गरेका छन् । उनी बसेको चुमनुव्री गाउँपालिकाले थप १ लाख रुपैयाँ प्रदान गर्ने बताएका छन् ।

प्रकाशले नागरिकता प्राप्त गरेपछि अब बैङ्क खाता खोल्ने तयारीमा छन् । त्यसपछि उनलाई यी रकम हस्तान्तरण गरिने जनाइएको छ ।

सिफारिस

राजावादीहरू उग्र भएपछि काठमाडौँका यी क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौँको तीनकुनेमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु आदेश...

सर्वोच्चमा आज कुलमान र हितेन्द्रको पेसी : न्याय कसको पक्षमा जाला ?

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र हालै नियुक्त भएका हितेन्द्रदेव शाक्यबीचको कानुनी लडाइँ सर्वोच्च अदालतमा प्रवेश गरेको छ। बिहीबार...

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सर्वोच्चमा आज कुलमान र हितेन्द्रको पेसी : न्याय कसको पक्षमा जाला ?

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान...

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

धेरै पढिएको