तस्वीरमा हेर्नुस् ऐतिहासिक मकवानपुरगढी दरबार

काठमाडौं – मकवानपुरगढी दरबार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा परिचित छ।

सुन्दर ऐतिहासिक धरोहर, वंशगोपाल मन्दिर, कालिका मन्दिर, सिद्धेश्वर महादेव मन्दिर र आकर्षक गुम्बा एवं स्तूप लगायतका धार्मिकस्थलहरु, रमणीय वातावरण, यातायातको सहज व्यवस्था, वनभोज खान पर्याप्त स्थान तथा शान्त वातावरण लगायतका कारण आन्तरिक तथा बाह्य पर्यटकसमेतको रोजाइमा मकवानपुरगढी पर्न थालेको हो।

एघारौँ शताब्दीमा नेपालको पहिलो सेनवंशी राजा तुलासेनले निर्माण गरेको तथा विसं १६१० देखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले स्थापना गरेर २०९ वर्षसम्म विशाल मकवानपुर राज्यको राजधानी रहेको मकवानपुरगढी दरबार क्षेत्रमा अहिले आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ।

गढीमा मकवानपुर, ललितपुर, काठमाडौँ, सिन्धुली, चितवन तथा मधेस प्रदेशका विभिन्न जिल्लाका आगन्तुक तथा केही विदेशी पर्यटकसमेत आउने गर्दछन् ।

मकवानपुरगढी मुसलमानी आक्रमणबाट बच्न भारतबाट भागेर आएका सेनवंशीय राजखलक तुला सेनले विसं १००० मा निर्माण गरेको भनिन्छ ।

   

सुशील श्रेष्ठ
सुशील श्रेष्ठ
श्रेष्ठ फोटो पत्रकार हुन् ।

सिफारिस

प्रधान सेनापति ट्रफी–२०८२ सम्पन्न, कालीबहादुर गणले उचाल्यो फुटबलको ट्रफी (तस्वीरहरू)

काठमाडौँ — भाद्र १७ गतेदेखि सुरु भएको प्रधान सेनापति ट्रफी–२०८२ खेलकुद प्रतियोगिता आज समापन भएको छ। कार्यक्रमको प्रमुख आतिथ्य प्रधान सेनापति अशोक राज सिग्देलले...

नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)

काठमाडौँ । नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै झन्डै १६ सय प्रहरीका लागि दरखास्त आह्वान गरेको हो। १५५३...

रगताम्य जुत्ता एक परिवर्तनको प्रतीक

बानेश्वरको सडकमा वेवारिस रक्ताम्य जुत्ता केवल जुत्ता थिएन, छालाबाट निर्मित केवल एक आवरण थिएन यो त समयले लेखेको गन्तब्य तर्फ बढ्दै गरेको एक दृढ पाइला थियो साहसले भरिएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)

काठमाडौँ । नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान...

रगताम्य जुत्ता एक परिवर्तनको प्रतीक

बानेश्वरको सडकमा वेवारिस रक्ताम्य जुत्ता केवल जुत्ता थिएन, छालाबाट निर्मित केवल...

लाखे नाचदेखि डबलीको भीडसम्म: इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी (तस्वीरहरू)

काठमाडौँ - अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार...

गोल्डेन ट्रयाङ्गल बाइक टूर हुँदै , बंगलादेश र भारतबाट पनि राइडर सहभागी हुने 

काठमाडौँ : अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिने गोल्डेन ट्रयाङ्गल...

दशैंका लागि किन्न थालियो खसी, बोका र च्याङ्ग्रा (तस्वीरहरू)

हिन्दुहरुको ठूलो पर्व दशैं सुरु भइसकेको छ । दशैंमा...

दशैं घरमा यसरी राखियो जमरा (तस्वीरहरू)

काठमाडौं - काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज बिहान ९ः१३...

धेरै पढिएको