नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं – इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन दुर्व्यवहारजन्य अपराधका घटनाहरू बढ्दै गएका छन् । सरोकारवाला तथा सञ्चारकर्मीहरूले यस्ता घटनाहरू न्यूनीकरणका लागि डिजिटल शिक्षा आवश्यक रहेको बताएका छन् ।

सुरक्षित इन्टरनेट दिवस २०२५ को अवसरमा ‘अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले अनलाइन सुरक्षा सचेतना अपरिहार्य रहेको धारणा व्यक्त गरे । भ्वाइस अफ चिल्ड्रेन र आइवर्ट नेपालको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा अनलाइन हिंसाका तथ्याङ्क, रोकथाम तथा न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगमा महिला र किशोरीमाथि हुने अनलाइन हिंसाका उजुरीहरू बढ्दै गएको बताइन् । उनले प्रविधिको सकारात्मक उपयोगका साथै यसको दुरुपयोग रोक्न विद्यालय तथा समुदायस्तरमा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

यस्तै, राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले बालबालिकामाझ साइबर हिंसाका घटनाहरू बढिरहेको औंल्याउँदै इन्टरनेटको सुरक्षित प्रयोग सिक्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन् । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रविधिको दुरुपयोगले समाजका सबै उमेरका व्यक्तिहरू प्रभावित भएको भन्दै पीडितहरूले सम्बन्धित निकायमा उजुरी दिनुपर्नेमा जोड दिइन् ।

आइवर्ट नेपालका अध्यक्ष इच्छा गुरुङले अनलाइन हिंसाबाट पत्रकार महिलाहरू पनि प्रभावित भइरहेको उल्लेख गर्दै प्रविधिको सुरक्षित प्रयोगबारे व्यापक जनचेतना आवश्यक रहेको बताइन् । भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले अनलाइन हिंसाबाट बालबालिकासमेत प्रभावित भइरहेको तथ्याङ्क प्रस्तुत गर्दै साइबर अपराध न्यूनीकरणका लागि नेपाल प्रहरी साइबर ब्युरोको भूमिका प्रभावकारी बनाउनुपर्ने बताए ।

आइवर्ट नेपालकी उपाध्यक्ष दिपान्जली लामाले कार्यपत्र प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिका र ८,७४५ जना महिला अनलाइन हिंसाबाट प्रभावित भएको जानकारी गराइन् । सर्वेक्षणअनुसार, १३ देखि १८ वर्ष उमेर समूहका ९७ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचमा रहेको र तीमध्ये ३८.६० प्रतिशत बालिका तथा ३२.३० प्रतिशत बालकले सामाजिक सञ्जालबाट यौनजन्य सन्देश प्राप्त गरेको तथ्यांक सार्वजनिक गरियो ।

नेपालमा ८१ प्रतिशतभन्दा बढी साइबर हिंसा तथा अपराध सामाजिक सञ्जाल फेसबुकमार्फत हुने गरेको पाइएको छ । साइबर ब्युरोकी सावित्रा कार्कीले पछिल्लो समय बढ्दै गएको साइबर हिंसाका स्वरूप तथा सचेतनाका उपायहरूबारे कार्यपत्र प्रस्तुत गरिन् ।

सोही अवसरमा पत्रकार महासंघका नवनिर्वाचित महिला पदाधिकारीहरूलाई आयोजकले बधाई तथा सम्मान प्रदान गरेको थियो ।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको