काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal) चरा भेटिएको छ। ललितपुरको नागदहमा हालै प्रताप गुरुङ र गंगाराज सुनुवारले यस चरालाई क्यामेरामा कैद गरेका छन् । यो चरा पछिल्लो २० वर्षमा काठमाडौं उपत्यकामा भएको तेस्रो रेकर्ड हो।

यसअघि सन् २००४ मा डा. हेम सागर बरालको टोलीले तौदहामा भेटेका थिए भने सन् २००५ मा आरेंड भान राइजन्ले पनि तौदहमै अवलोकन गरेका थिए। पछिल्लो पटक नागदहमा पुनः देखिएपछि यस चराको उपस्थितिले चासो बढाएको छ।

बैकल टिलको जनसंख्या विश्वभर द्रुत गतिमा घट्दै गएको छ। यसको मुख्य कारण शिकार, विषाक्तता, र पर्यावरणीय प्रदूषण रहेको बताइन्छ। चीन र दक्षिण कोरियामा विषाक्त दाना प्रयोग गरेर मारिने तथा कृषि र औद्योगिक प्रदूषणका कारण यसको संख्यामा गिरावट आएको छ।

रूस, मंगोलिया, जापान, दक्षिण कोरिया, हङकङ र चीनका केही प्रान्तहरूमा बैकल टिल कानुनी रूपमा संरक्षित छ। साथै, दक्षिण कोरिया, रूस, र याकुतियाको रेड डाटा बुकमा सूचीबद्ध गरिएको छ। नेपालमा भने यो चरा निकै कम मात्रामा आउने गरेको पाइन्छ।

चराविज्ञहरूका अनुसार बैकल टिल नेपालमा अल्पकालीन पाहुना मात्रै हो। यसको पछिल्लो अवलोकनले काठमाडौं उपत्यकामा चराहरूको अध्ययन र संरक्षणलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

नेपालमा चरासम्बन्धी अनुसन्धान गर्दै आएका विज्ञहरूले नागदह र तौदह जस्ता क्षेत्रहरूमा निरन्तर अनुगमन आवश्यक रहेको बताएका छन्। साथै, जैविक विविधता संरक्षणका लागि स्थानीय समुदायलाई जागरूक बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

सिफारिस

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले खचाखच भरिएको छ। सोमबारदेखि सुरु भएको...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न लागिएको...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार पारिएको छ। प्रतियोगितालाई लक्षित गर्दै मैदानको...

भर्खरै

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

धेरै पढिएको