काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal) चरा भेटिएको छ। ललितपुरको नागदहमा हालै प्रताप गुरुङ र गंगाराज सुनुवारले यस चरालाई क्यामेरामा कैद गरेका छन् । यो चरा पछिल्लो २० वर्षमा काठमाडौं उपत्यकामा भएको तेस्रो रेकर्ड हो।

यसअघि सन् २००४ मा डा. हेम सागर बरालको टोलीले तौदहामा भेटेका थिए भने सन् २००५ मा आरेंड भान राइजन्ले पनि तौदहमै अवलोकन गरेका थिए। पछिल्लो पटक नागदहमा पुनः देखिएपछि यस चराको उपस्थितिले चासो बढाएको छ।

बैकल टिलको जनसंख्या विश्वभर द्रुत गतिमा घट्दै गएको छ। यसको मुख्य कारण शिकार, विषाक्तता, र पर्यावरणीय प्रदूषण रहेको बताइन्छ। चीन र दक्षिण कोरियामा विषाक्त दाना प्रयोग गरेर मारिने तथा कृषि र औद्योगिक प्रदूषणका कारण यसको संख्यामा गिरावट आएको छ।

रूस, मंगोलिया, जापान, दक्षिण कोरिया, हङकङ र चीनका केही प्रान्तहरूमा बैकल टिल कानुनी रूपमा संरक्षित छ। साथै, दक्षिण कोरिया, रूस, र याकुतियाको रेड डाटा बुकमा सूचीबद्ध गरिएको छ। नेपालमा भने यो चरा निकै कम मात्रामा आउने गरेको पाइन्छ।

चराविज्ञहरूका अनुसार बैकल टिल नेपालमा अल्पकालीन पाहुना मात्रै हो। यसको पछिल्लो अवलोकनले काठमाडौं उपत्यकामा चराहरूको अध्ययन र संरक्षणलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

नेपालमा चरासम्बन्धी अनुसन्धान गर्दै आएका विज्ञहरूले नागदह र तौदह जस्ता क्षेत्रहरूमा निरन्तर अनुगमन आवश्यक रहेको बताएका छन्। साथै, जैविक विविधता संरक्षणका लागि स्थानीय समुदायलाई जागरूक बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको