टुँडिखेलमा सेना दिवसको हर्ष बढाइँ (तस्वीरहरू)

काठमाडौं – नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस तथा महाशिवरात्रि पर्व विशेष समारोहका साथ मनाएको छ। सैनिक मञ्च, टुँडिखेलमा आयोजित कार्यक्रममा युद्धकला प्रदर्शन, शिवरात्रि परेड, तोप बढाईं, कवाज तथा आतसबाजी प्रदर्शन गरिएको थियो।

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरू तथा उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। समारोहमा नेपाली सेनाले विशेष कला प्रदर्शनीसमेत गरेको थियो।

राष्ट्रपति पौडेलले सैनिक मञ्चस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्दै सेनाको योगदानप्रति सम्मान व्यक्त गरे। समारोहको दौरान हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी तथा पुष्पवृष्टि गरिएको थियो।

सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए। नेपाली सेनाका विभिन्न पृतना, बाहिनी, गण, गुल्मलगायत निकायहरूमा पनि विविध कार्यक्रमको आयोजना गरिएको थियो।

नेपाली सेनाले आफ्नो स्थापना दिवसलाई विशेष बनाउने क्रममा विभिन्न सामाजिक कार्य, जनचेतना कार्यक्रम तथा परोपकारी गतिविधिहरू पनि सञ्चालन गरिरहेको छ। सेनाले राष्ट्रिय सुरक्षा, शान्ति तथा विपद् व्यवस्थापनमा खेलेको भूमिकालाई सम्मान गर्दै यो दिवस मनाइएको हो।

 

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको