टुँडिखेलमा सेना दिवसको हर्ष बढाइँ (तस्वीरहरू)

काठमाडौं – नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस तथा महाशिवरात्रि पर्व विशेष समारोहका साथ मनाएको छ। सैनिक मञ्च, टुँडिखेलमा आयोजित कार्यक्रममा युद्धकला प्रदर्शन, शिवरात्रि परेड, तोप बढाईं, कवाज तथा आतसबाजी प्रदर्शन गरिएको थियो।

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरू तथा उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। समारोहमा नेपाली सेनाले विशेष कला प्रदर्शनीसमेत गरेको थियो।

राष्ट्रपति पौडेलले सैनिक मञ्चस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्दै सेनाको योगदानप्रति सम्मान व्यक्त गरे। समारोहको दौरान हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी तथा पुष्पवृष्टि गरिएको थियो।

सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए। नेपाली सेनाका विभिन्न पृतना, बाहिनी, गण, गुल्मलगायत निकायहरूमा पनि विविध कार्यक्रमको आयोजना गरिएको थियो।

नेपाली सेनाले आफ्नो स्थापना दिवसलाई विशेष बनाउने क्रममा विभिन्न सामाजिक कार्य, जनचेतना कार्यक्रम तथा परोपकारी गतिविधिहरू पनि सञ्चालन गरिरहेको छ। सेनाले राष्ट्रिय सुरक्षा, शान्ति तथा विपद् व्यवस्थापनमा खेलेको भूमिकालाई सम्मान गर्दै यो दिवस मनाइएको हो।

 

सिफारिस

सर्वोच्चमा आज कुलमान र हितेन्द्रको पेसी : न्याय कसको पक्षमा जाला ?

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र हालै नियुक्त भएका हितेन्द्रदेव शाक्यबीचको कानुनी लडाइँ सर्वोच्च अदालतमा प्रवेश गरेको छ। बिहीबार...

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

धेरै पढिएको