अवसर चीन, ऊर्जाशील सान्तोङ (तस्वीरहरू)

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालका अध्यक्ष प्रदीप राज वन्तको नेतृत्वमा तीन सदस्यीय नेपाली टोली हालै चीनको शानडोंग प्रान्तमा भएको अन्तर्राष्ट्रिय फोटो महोत्सव “अवसर चीन, ऊर्जाशील सान्तोङ् ” मा सहभागी भएर नेपाल फर्किएका छन् ।

उक्त महोत्सव सन् २०२५ अक्टोबर १५ देखि २१ तारिखसम्म आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न एशियाली मुलुकका १०० भन्दा बढी फोटो पत्रकार र फोटोग्राफरहरू सहभागीता रहेको थियो । महोत्सव चीनको सान्तोङ् प्रान्तीय समितिको प्रचार विभाग र अन्तर्राष्ट्रिय फोटोग्राफिक आर्ट महासंघ (चीन कार्यालय, जिनान) को संयुक्त आयोजनामा सम्पन्न भएको हो । साथै यसमा सान्तोङ् रेडियो तथा टेलिभिजन स्टेशन, सान्तोङ् अन्तर्राष्ट्रिय सञ्चार केन्द्र, सान्तोङ् कला तथा डिजाइन विश्वविद्यालय, र चाइना इष्टर्न इन्टरनेशनल फोटोग्राफी आर्ट एसोसिएसनका सहकार्य रहेको थियो ।

कार्यक्रमलाई तीन समूहमा विभाजन गरी सहभागीहरूलाई शानडोंग प्रान्तका विभिन्न पर्यटकीय तथा ऐतिहासिक स्थानहरूको भ्रमण गराइएको थियो । पहिलो समूहमा नेपाल, जापान, भियतनाम र चीनका फोटोग्राफरहरू सहभागी थिए भने अन्य समूहहरूमा मलेसिया, कोरिया, ताइवान, म्यानमार, थाइल्याण्ड, रसिया, फिजी लगायतका देशका फोटोग्राफरहरू पनि सहभागी थिए ।

नेपाली टोलीले पहिलो र दोस्रो दिनको भ्रमणका क्रममा डेझाउ सिटीको भ्रमण अवालोकन गरिएका थियने जसमा कालो माटोको संग्रहालय, सियाजिन प्राचीन सडक, मुलवेरी फलको अनुसन्धान वगैचा तथा उद्योग, चाइना डि.फिल्म सिटि र एल्लो रिभरलाई वाध लगाएर खेतिबालीको लागि सिन्चाई ड्याम, प्राचीन बगैंचा,एक्रोवेटिक क्रिकेट भ्याली, लोलिङ फिल्म एण्ड टेलिभिजन सिटि,जुनुविज म्यूजियम लगायतका स्थलहरूको अवलोकन गर्ने अवसर मिलेको एनएफपिजेका अध्यक्ष प्रदीप राज वन्तले जानकारी दिए ।

यस्ता अन्तर्राष्ट्रिय सहभागिताले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध, पर्यटन प्रवद्र्धन, र कलात्मक सहकार्यलाई बलियो बनाउन मद्दत पुग्नु का साथै नेपाली फोटो पत्रकारिता र नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने साथै अन्य देशका फोटो पत्रकारहरुसंगको मित्रता पनि विकास हुने अवसर मिलेको उनले बताए ।

तस्वीरहरु: प्रदीपराज वन्त

 

सिफारिस

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका लागि विज्ञापन जारी गरेको हो। सेनाको विभिन्न पृतना, गण तथा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको बताएका छन्। खड्का ल्यान्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ।मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो संस्करणको एनपिएलका लागि...

भर्खरै

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

काठमान्डू गोर्खाजद्वारा उपत्यकामा एनपीएल ट्रफी प्रदर्शन (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन...

मेलम्ची बाढीपीडितलाई कुलमानले तपाईहरू परिचालित भएर म कहाँ आउने भनेपछि…

काठमाडौं - २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार...

धर्तिको अप्सरा उपनामले चिनिने रारा तालको मनमोहक दृश्य (तस्वीरहरू)

मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि...

धेरै पढिएको