अवसर चीन, ऊर्जाशील सान्तोङ (तस्वीरहरू)

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालका अध्यक्ष प्रदीप राज वन्तको नेतृत्वमा तीन सदस्यीय नेपाली टोली हालै चीनको शानडोंग प्रान्तमा भएको अन्तर्राष्ट्रिय फोटो महोत्सव “अवसर चीन, ऊर्जाशील सान्तोङ् ” मा सहभागी भएर नेपाल फर्किएका छन् ।

उक्त महोत्सव सन् २०२५ अक्टोबर १५ देखि २१ तारिखसम्म आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न एशियाली मुलुकका १०० भन्दा बढी फोटो पत्रकार र फोटोग्राफरहरू सहभागीता रहेको थियो । महोत्सव चीनको सान्तोङ् प्रान्तीय समितिको प्रचार विभाग र अन्तर्राष्ट्रिय फोटोग्राफिक आर्ट महासंघ (चीन कार्यालय, जिनान) को संयुक्त आयोजनामा सम्पन्न भएको हो । साथै यसमा सान्तोङ् रेडियो तथा टेलिभिजन स्टेशन, सान्तोङ् अन्तर्राष्ट्रिय सञ्चार केन्द्र, सान्तोङ् कला तथा डिजाइन विश्वविद्यालय, र चाइना इष्टर्न इन्टरनेशनल फोटोग्राफी आर्ट एसोसिएसनका सहकार्य रहेको थियो ।

कार्यक्रमलाई तीन समूहमा विभाजन गरी सहभागीहरूलाई शानडोंग प्रान्तका विभिन्न पर्यटकीय तथा ऐतिहासिक स्थानहरूको भ्रमण गराइएको थियो । पहिलो समूहमा नेपाल, जापान, भियतनाम र चीनका फोटोग्राफरहरू सहभागी थिए भने अन्य समूहहरूमा मलेसिया, कोरिया, ताइवान, म्यानमार, थाइल्याण्ड, रसिया, फिजी लगायतका देशका फोटोग्राफरहरू पनि सहभागी थिए ।

नेपाली टोलीले पहिलो र दोस्रो दिनको भ्रमणका क्रममा डेझाउ सिटीको भ्रमण अवालोकन गरिएका थियने जसमा कालो माटोको संग्रहालय, सियाजिन प्राचीन सडक, मुलवेरी फलको अनुसन्धान वगैचा तथा उद्योग, चाइना डि.फिल्म सिटि र एल्लो रिभरलाई वाध लगाएर खेतिबालीको लागि सिन्चाई ड्याम, प्राचीन बगैंचा,एक्रोवेटिक क्रिकेट भ्याली, लोलिङ फिल्म एण्ड टेलिभिजन सिटि,जुनुविज म्यूजियम लगायतका स्थलहरूको अवलोकन गर्ने अवसर मिलेको एनएफपिजेका अध्यक्ष प्रदीप राज वन्तले जानकारी दिए ।

यस्ता अन्तर्राष्ट्रिय सहभागिताले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध, पर्यटन प्रवद्र्धन, र कलात्मक सहकार्यलाई बलियो बनाउन मद्दत पुग्नु का साथै नेपाली फोटो पत्रकारिता र नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने साथै अन्य देशका फोटो पत्रकारहरुसंगको मित्रता पनि विकास हुने अवसर मिलेको उनले बताए ।

तस्वीरहरु: प्रदीपराज वन्त

 

सिफारिस

रास्वपा प्रतिनिधिले पाएको झोलाभित्र के छ ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत चौथो दिन देशभरिबाट आएका प्रतिनिधिहरूलाई विशेष सामग्रीसहितको झोला वितरण गरिएको छ। महाधिवेशनको बन्दसत्र र सांगठनिक...

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बू माथि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। अशोक राई नेतृत्वको ‘समाजवादी...

कहाँ गए यी १२ प्रहरी ? १ साताभित्र सम्पर्कमा नआए जागीर जाने

एकजना प्रहरी नायव निरीक्षकसहित १२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना...

भर्खरै

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा...

कहाँ गए यी १२ प्रहरी ? १ साताभित्र सम्पर्कमा नआए जागीर जाने

एकजना प्रहरी नायव निरीक्षकसहित १२ जना प्रहरी कर्मचारीलाई एक...

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि...

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का...

रविले दिए सभापतिमा उम्मेदवारी, बालेन बने प्रस्तावक

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

धेरै पढिएको