चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

चीन ग्रामीण विकास प्रतिष्ठान (CFRD), नेपाल चीन सांस्कृतिक केन्द्र तथा पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना (पावरचाइना) को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा चिनियाँ संस्कृति, शिक्षा तथा खेलकुद सामग्रीमार्फत स्थानीय बालबालिकाको शैक्षिक र शारीरिक विकासमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको थियो।

कार्यक्रमअन्तर्गत पावरचाइनाले ‘आशा रोपौं, विकासलाई साथ दिऔं’ अभियानअन्तर्गत पुस्तकालय निर्माण तथा शैक्षिक सामग्री उपलब्ध गराएको थियो। नेपालस्थित चीन सांस्कृतिक केन्द्रले चिनियाँ संस्कृति र चीनका प्रमुख पर्यटकीय सहरका तस्बिरहरू प्रदर्शन गरेको थियो भने चीन ग्रामीण विकास प्रतिष्ठानले विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गरेको थियो।

नवनिर्मित पुस्तकालयमा विभिन्न उमेर समूहका विद्यार्थीका लागि उपयुक्त नेपाली भाषामा प्रकाशित चीनसम्बन्धी पुस्तकहरू राखिएका छन्। साथै पुस्तकालयलाई चिनियाँ संस्कृति झल्काउने आकर्षक तस्बिरहरूले सजाइएको छ।

कार्यक्रमको उद्घाटन नेपाली विद्यार्थीहरूको पारम्परिक स्वागत नृत्यबाट गरिएको थियो। त्यसपछि नेपालस्थित चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य परामर्शदाता झु फेङ, चीन सांस्कृतिक केन्द्रका निर्देशक लिउ, चीन ग्रामीण विकास प्रतिष्ठान नेपाल कार्यालयकी राष्ट्रिय निर्देशक झाउ झिछियाङ, स्थानीय सरकार, विद्यालय व्यवस्थापन तथा आयोजनाका प्रतिनिधिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरेका थिए। अतिथिहरूले पुस्तकालय र सांस्कृतिक प्रदर्शनीको समेत उद्घाटन गरेका थिए।

कार्यक्रममा आयोजित सांस्कृतिक प्रदर्शनीमार्फत विद्यार्थीहरूलाई चीनको परम्परा, सांस्कृतिक सम्पदा तथा पर्यटनका बारेमा जानकारी गराइएको थियो। कागज काट्ने कला (पेपर कटिङ) र चिनियाँ गाँठो (चाइनिज नट) बनाउने जस्ता अन्तरक्रियात्मक गतिविधिमा सहभागी हुँदै विद्यार्थीहरूले चिनियाँ कलाको अनुभव लिएका थिए।

यस्तै, पाण्डा र घोडा वर्षसँग सम्बन्धित उपहार वितरणले बालबालिकामा थप उत्साह थपेको थियो। कार्यक्रममा खेलकुद अन्तरक्रिया पनि आयोजना गरिएको थियो, जहाँ पावरचाइनाका कर्मचारीहरूले विद्यार्थीहरूसँग ब्याडमिन्टन र भलिबल खेलेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ दूतावासका परामर्शदाता झु फेङले चीनले नेपालमा केवल स्वच्छ ऊर्जा प्रविधि मात्र नभई शिक्षा, संस्कृति र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि योगदान पुर्‍याइरहेको बताए। उनले चिनियाँ पुस्तक, खेलकुद सामग्री र सांस्कृतिक प्रदर्शनीमार्फत बालबालिकामा ज्ञान र मित्रताको सन्देश फैलिएको उल्लेख गरे।

पावरचाइनाका नेपालस्थित देशीय प्रतिनिधि चेन स्यूले नेपालमा लामो समयदेखि ऊर्जा क्षेत्रमा सहकार्य गर्दै आएको पावरचाइनाले अबको पुस्तामा पनि लगानी गर्न आवश्यक ठानेको बताए। उनले खेलकुद सामग्री, पुस्तकालय र सांस्कृतिक कार्यक्रममार्फत नेपाल–चीन मित्रतालाई थप सुदृढ बनाउने प्रयास गरिएको बताए।

चीन सांस्कृतिक केन्द्रका निर्देशक लिउले तामाकोशी नदी किनारमा आयोजना गरिएको कार्यक्रमले ज्ञान र मित्रताको बीजारोपण गरेको उल्लेख गर्दै सांस्कृतिक आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

चीन ग्रामीण विकास प्रतिष्ठान नेपाल कार्यालयकी राष्ट्रिय निर्देशक झाउ झिछियाङले सन् २०१५ देखि नेपालमा बालबालिकाको शिक्षा र कल्याणका क्षेत्रमा काम गर्दै आएको जानकारी दिँदै हालसम्म पावरचाइनासँगको सहकार्यमा चारवटा पुस्तकालय स्थापना गरिएको बताइन्।

कार्यक्रमको समापनमा स्थानीय सरकार, विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले आयोजक संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि शिक्षा तथा अतिरिक्त क्रियाकलापको विकासका लागि यस्ता सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरेका थिए।

आयोजकका अनुसार ‘चिनियाँ संस्कृति विद्यालयमा’ अभियानले शिक्षा, संस्कृति र समुदायबीचको सम्बन्धलाई बलियो बनाउँदै नेपाल–चीन मित्रतालाई नयाँ पुस्तामाझ विस्तार गर्ने लक्ष्य लिएको छ।

सिफारिस

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको एभरेस्ट होटलमा सम्पन्न भएको छ।संघका केन्द्रीय अध्यक्ष रघु त्रिपाठीको अध्यक्षतामा सम्पन्न सभामा नेपाल...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी तथा महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। २०८३ भदौ ५ गतेदेखि उपरथी...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको छ । अर्कोपट्टि अग्लो भीरबाट कलकल गर्दै झरेको पानी, वरिपरिको हरियाली र शीतल वातावरणले रसुवाको...

भर्खरै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

धेरै पढिएको