प्रकृति, संस्कृति र साहसिकताको गन्तव्य: ढोरपाटन र बुकीपाटन (तस्वीरहरू)

काठमाडौं – नेपाल प्राकृतिक सम्पदा र भौगोलिक विविधताले भरिएको देश हो। हिमाल, पहाड, वनजंगल, नदी तथा उच्च हिमाली मैदानहरूले यहाँको पर्यटनलाई विश्वभर चिनाएको छ। यिनै अनुपम प्राकृतिक गन्तव्यमध्ये बागलुङ, म्याग्दी र रुकुमको संगम क्षेत्रमा अवस्थित ढोरपाटन र बुकीपाटन पछिल्ला वर्षहरूमा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएका छन्।

समुद्री सतहबाट करिब २,८५० मिटरदेखि ५,५०० मिटर उचाइसम्म फैलिएको ढोरपाटन क्षेत्र नेपालकै एक मात्र शिकार आरक्ष को रूपमा परिचित छ। धौलागिरी हिमशृङ्खलाको दक्षिण–पश्चिमी फेदीमा रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक जीवनशैलीको अद्भुत संगम हो।

ढोरपाटन उपत्यका तथा जालजला–फागुने धुरी क्षेत्रबाट संसारको सातौँ अग्लो हिमाल धौलागिरी प्रथम (८,१६७ मिटर) सहित धौलागिरीका अन्य हिमशिखर, गुर्जा हिमाल, चुरेन हिमाल तथा पुथा हिमचुलीको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ।हिउँद याममा सेताम्मे हिमपातले ढाकिने ढोरपाटन क्षेत्र कुनै स्वर्गीय भूमिभन्दा कम देखिँदैन। यही दृश्यले हरेक वर्ष हजारौँ पर्यटकलाई यहाँसम्म आकर्षित गर्दै आएको छ।

ढोरपाटन उपत्यकाबाट करिब ३–४ घण्टाको पदयात्रापछि पुगिने बुकीपाटन विशाल अल्पाइन मैदान हो। समुद्री सतहबाट ३,०००–४,५०० मिटर उचाइमा फैलिएको यो क्षेत्र हरियो बुकी घाँसले ढाकिएको छ।

वसन्तमा रातो–सेतो गुराँसले सजिने र मनसुनसँगै विभिन्न रङका जंगली फूलहरूले भरिने बुकीपाटनलाई धेरैले ‘फूलहरूको स्वर्ग’ भनेर चिन्ने गरेका छन्।

ढोरपाटन शिकार आरक्ष दुर्लभ वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो। यहाँ नाउर, झारल, मृग तथा डाँफे–मुनालजस्ता हिमाली चराचुरुङ्गी पाइन्छन्।जेठ–असार लागेसँगै स्थानीय मगर समुदायका गोठालाहरू भेडा, च्याङ्ग्रा र गाईवस्तु लिएर माथिल्ला पाटनतर्फ उक्लिन्छन्। उनीहरूको परम्परागत जीवनशैलीले हिमाली संस्कृतिलाई जीवन्त बनाएको छ।

ढोरपाटनमा स्थानीय होटल तथा सामुदायिक होमस्टे उपलब्ध छन्। ढिँडो, आलुका परिकार, सिस्नु, गुन्द्रुक तथा स्थानीय परिकारहरूले यात्रालाई अझ स्मरणीय बनाउँछन्। मध्यपहाडी लोकमार्ग विस्तारसँगै अहिले ढोरपाटन पुग्न सहज बनेको छ। बुर्तिबाङ हुँदै मोटरसाइकल, निजी तथा सार्वजनिक सवारीमार्फत यात्रा गर्न सकिन्छ। विभिन्न ट्राभल कम्पनीहरूले प्याकेज कार्यक्रम सञ्चालन गर्न थालेपछि यहाँ पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको छ।

हिमाल, फूलले ढाकिएका मैदान, दुर्लभ वन्यजन्तु, गोठालो संस्कृति र साहसिक पदयात्राको अनुभव एकै ठाउँमा लिन चाहनेका लागि ढोरपाटन र बुकीपाटन नेपालको उत्कृष्ट प्राकृतिक गन्तव्य का रूपमा स्थापित हुँदै गएका छन्। यहाँको यात्रा केवल भ्रमण होइन, प्रकृति र संस्कृतिसँगको अविस्मरणीय भेट हो। पछिल्ला दुई वर्षयता प्रभु एडभेन्चर ट्राभल एण्ड टुर प्रा. लि. तथा अन्य विभिन्न ट्राभल एजेन्सी तथा टुर कम्पनीहरूले प्याकेज कार्यक्रम सञ्चालन गर्न थालेपछि यहाँ पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको छ।

  

रमिता छुँजु
रमिता छुँजु
छुँजु फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर कला संस्कृति, पर्यटन र बालबालिका क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

भर्खरै

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

धेरै पढिएको