लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव, गणेश तथा पञ्चकुमारी पूजा  सम्पन्न भएको छ।

१०८ भैरव पूजा समिति र मजिपाट लाखेननी मिसा पुचःको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमका संयोजक राजिब रञ्जितले जानकारी दिए।

कार्यक्रममा स्थानीय बासिन्दा, श्रद्धालु भक्तजन, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भगवान् गणेश, पञ्चकुमारी तथा १०८ भैरवको विशेष पूजा, आराधना र धार्मिक अनुष्ठान विधिपूर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ।

संयोजक रञ्जितका अनुसार भैरव देवका १०८ नामको जप गर्दै तान्त्रिक विधिअनुसार पूजा सम्पन्न गरिएको हो। हिन्दू तथा नेवार परम्परामा भैरवलाई शक्ति, साहस र रक्षाका देवताका रूपमा मानिने विश्वास छ। यस पूजा गर्नाले बालबालिकामा दीर्घायु, सुस्वास्थ्य, आत्मविश्वास वृद्धि हुने, डर–त्रास हट्ने तथा समाजमा शान्ति, समृद्धि र सुरक्षाको भावना सुदृढ हुने जनविश्वास रहेको छ।

नेवार समुदायमा बालकलाई कुमार तथा भैरव र बालिकालाई कुमारीका रूपमा पूजा गर्ने प्राचीन परम्परा रहेको छ । कार्यक्रमका क्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको भन्दै संयोजक रञ्जितले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको सक्रिय साथ र सहयोग प्रेरणादायी रहेको बताए। आगामी वर्षहरूमा पनि कार्यक्रमलाई अझ व्यवस्थित र भव्य रूपमा निरन्तरता दिइने उनले जानकारी दिए। १०८ भैरव पूजा कार्यक्रम २०८२ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

 

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको