कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल – काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल र कुहिरोको घुम्टोले हरियाली पहाडलाई ढाक्दै मनमोहक दृश्य देख्न सकिन्छ। आइतबार बिहान देखिएको उक्त दृश्यले मनसुनको प्राकृतिक सौन्दर्य झल्काए पनि सामान्यतया स्पष्ट देखिने हिमाल तथा आसपासका भू–दृश्य भने बादलका कारण ओझेलमा परेका थिए ।

धुलिखेलबाट सामान्य अवस्थामा हिमशृङ्खला, हरियाली पहाड र आसपासका बस्तीहरू स्पष्ट रूपमा अवलोकन गर्न सकिने भए पनि आइतबार बिहान बाक्लो बादल र कुहिरोका कारण ती दृश्य प्रायः देख्न सकिएन। बादलले पहाडका डाँडाकाँडा छोप्दा हरियाली भू–भागको केही अंश मात्र देखिएको थियो भने टाढाका दृश्यहरू कुहिरोभित्र हराएका देखिन्थे।

मनसुनका क्रममा वर्षापछि यस्ता दृश्य धुलिखेल क्षेत्रमा बेलाबेलामा देखिने गर्छन्। बादल र कुहिरोले प्राकृतिक वातावरणलाई थप आकर्षक बनाएको भए पनि दृश्यावलोकनका लागि पुग्नेहरूले भने हिमाल र विस्तृत पहाडी भू–दृश्य अवलोकन गर्ने अवसर भने यो समयमा त्यति पाउन सक्दैनन्।

  

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको