आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको छ । अर्कोपट्टि अग्लो भीरबाट कलकल गर्दै झरेको पानी, वरिपरिको हरियाली र शीतल वातावरणले रसुवाको भाङ्गे झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँस्थित बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डसँगै रहेको भाङ्गे झरना सडकबाटै सहज रूपमा अवलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्न थालेको हो । करिब १८१ मिटर अग्लो भीरबाट खस्ने झरनाको मनमोहक दृश्य हेर्न नुवाकोट, काठमाडौं, धादिङलगायत विभिन्न जिल्लाबाट पर्यटक पुग्ने गरेका छन् ।

काठमाडौंबाट करिब ७२ किलोमिटरको दूरीमा रहेको यो झरना माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनानजिकै पर्छ। स्थानीयवासी सबिन सापकोटाका अनुसार बिदाको दिन झरना अवलोकन गर्न आउने पर्यटकको संख्या करिब एक हजारसम्म पुग्ने गरेको छ ।

सामाजिक सञ्जालमा झरनाका तस्बिर तथा भिडियो भाइरल हुन थालेपछि यसको चर्चा झनै बढेको सापकोटा बताउनुहुन्छ। उहाँका अनुसार झरनाको आकर्षणसँगै डाँडागाउँको पर्यटन सम्भावना पनि विस्तार हुँदै गएको छ ।
झरना अवलोकन गर्न आउने पर्यटकमध्ये कोही परिवारसहित रमाउने गरेका छन् भने कोही प्राकृतिक सौन्दर्यलाई क्यामेरामा कैद गर्न व्यस्त देखिन्छन्। युवापुस्ता भने टिकटक तथा अन्य सामाजिक सञ्जालका लागि भिडियो र तस्बिर बनाउन झरनामा पुग्ने गरेका छन्। झरनाको चिसो पानी र आसपासको शान्त वातावरणले पर्यटकलाई केही समय प्रकृतिसँग रमाउने अवसरसमेत प्रदान गरेको छ ।

पर्यटकको आगमन बढेसँगै स्थानीयस्तरमा पर्यटन व्यवसायको सम्भावनासमेत बढ्दै गएको छ। झरना आसपास खाने तथा बस्ने सुविधासहितका होटल तथा अन्य सेवा सञ्चालनमा आउन थालेका छन्। यसले पर्यटकलाई सहज हुनुका साथै स्थानीयको आयआर्जनको बाटोसमेत विस्तार गरेको छ ।

default
default

 

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको