वर्षाबीच नाट्टा हेरिटेज रन–२०२६ सम्पन्न, रविन्द्र र सुजिना भए प्रथम (तस्वीरहरू)

काठमाडौं : ४७औँ विश्व पर्यटन दिवसको अवसरमा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) द्वारा आयोजित ६ किलोमिटर नाट्टा हेरिटेज रन–२०२६ उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न भएको छ।

काठमाडौं दरबार स्क्वायरबाट सुरु भएको दौड रत्नपार्क, शहीदगेट, रंगशाला, थापाथली, साझा पेट्रोल पम्प तथा लबिम मल हुँदै पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो। वर्षाका बाबजुद पर्यटन व्यवसायी, युवा, विभिन्न संघ–संस्था, नाट्टा परिवार तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

नाट्टा अध्यक्ष भरतजंग पाण्डेको नेतृत्वमा आयोजित कार्यक्रम नाट्टा कार्यसमिति सदस्य नवीन गुरुङको संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रममा वरिष्ठ धावक बैकुण्ठ मानन्धर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

प्रतियोगिताको पुरुषतर्फ रविन्द्र रावत प्रथम, सलमान शेख द्वितीय र शेरबहादुर शाही तृतीय हुनुभयो। महिलातर्फ सुजिना रामदाम प्रथम, सुमित्रा तामाङ द्वितीय र संग्रिला श्रेष्ठ तृतीय हुनुभयो।

काठमाडौं र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई एउटै दौडमार्फत जोडिएको हेरिटेज रनले स्वास्थ्य, पर्यटन, सम्पदा संरक्षण तथा सामुदायिक सहभागिताको सन्देश दिएको नाट्टाका महासचिव राजकुमार देवकोटाले बताउनु भयो ।

कार्यक्रमको समापन तथा पाटनतर्फको आतिथ्य व्यवस्थापनमा पाटन पर्यटन विकास संगठनका अध्यक्ष कृष्णलाल महर्जनसहितको टोलीले सहयोग गरेको थियो। नाट्टाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने नाट्टा कार्यसमिति, सचिवालय, पाटन पर्यटन विकास संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी, काठमाडौं तथा ललितपुर महानगरपालिका, विभिन्न पर्यटन संघ–संस्था, प्रायोजक, स्वयंसेवक तथा सहभागीप्रति आभार व्यक्त गरेको छ।

नाट्टाका महासचिव राजकुमार देवकोटाका अनुसार हेरिटेज रनलाई आगामी दिनमा नेपालको पर्यटन, सम्पदा र संस्कृतिको प्रवद्र्धन तथा संरक्षणसँग जोडेर निरन्तरता दिइनेछ।

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको