वर्षाबीच नाट्टा हेरिटेज रन–२०२६ सम्पन्न, रविन्द्र र सुजिना भए प्रथम (तस्वीरहरू)

काठमाडौं : ४७औँ विश्व पर्यटन दिवसको अवसरमा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) द्वारा आयोजित ६ किलोमिटर नाट्टा हेरिटेज रन–२०२६ उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न भएको छ।

काठमाडौं दरबार स्क्वायरबाट सुरु भएको दौड रत्नपार्क, शहीदगेट, रंगशाला, थापाथली, साझा पेट्रोल पम्प तथा लबिम मल हुँदै पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो। वर्षाका बाबजुद पर्यटन व्यवसायी, युवा, विभिन्न संघ–संस्था, नाट्टा परिवार तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

नाट्टा अध्यक्ष भरतजंग पाण्डेको नेतृत्वमा आयोजित कार्यक्रम नाट्टा कार्यसमिति सदस्य नवीन गुरुङको संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रममा वरिष्ठ धावक बैकुण्ठ मानन्धर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

प्रतियोगिताको पुरुषतर्फ रविन्द्र रावत प्रथम, सलमान शेख द्वितीय र शेरबहादुर शाही तृतीय हुनुभयो। महिलातर्फ सुजिना रामदाम प्रथम, सुमित्रा तामाङ द्वितीय र संग्रिला श्रेष्ठ तृतीय हुनुभयो।

काठमाडौं र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई एउटै दौडमार्फत जोडिएको हेरिटेज रनले स्वास्थ्य, पर्यटन, सम्पदा संरक्षण तथा सामुदायिक सहभागिताको सन्देश दिएको नाट्टाका महासचिव राजकुमार देवकोटाले बताउनु भयो ।

कार्यक्रमको समापन तथा पाटनतर्फको आतिथ्य व्यवस्थापनमा पाटन पर्यटन विकास संगठनका अध्यक्ष कृष्णलाल महर्जनसहितको टोलीले सहयोग गरेको थियो। नाट्टाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने नाट्टा कार्यसमिति, सचिवालय, पाटन पर्यटन विकास संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी, काठमाडौं तथा ललितपुर महानगरपालिका, विभिन्न पर्यटन संघ–संस्था, प्रायोजक, स्वयंसेवक तथा सहभागीप्रति आभार व्यक्त गरेको छ।

नाट्टाका महासचिव राजकुमार देवकोटाका अनुसार हेरिटेज रनलाई आगामी दिनमा नेपालको पर्यटन, सम्पदा र संस्कृतिको प्रवद्र्धन तथा संरक्षणसँग जोडेर निरन्तरता दिइनेछ।

सिफारिस

बागमतीको पर्यटन विकासका लागि सरकार निरन्तर काम गरिरहेको छ : मन्त्री प्रजापति

काठमाडौँ - बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले बागमती प्रदेशभित्रको पर्यटन समस्या समाधानका लागि प्रदेश सरकार लागिरहेको बताउनुभएको छ । ४७ औँ...

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

भर्खरै

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

धेरै पढिएको