काठमाडौं – लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ सोमबार लोकार्पण भएको छ। प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राखिएको उक्त कृतिमा देशप्रेम तथा मातृभूमिप्रतिको आत्मीय भावनासमेत अभिव्यक्त गरिएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित लोकार्पण समारोहमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा उपस्थित थिए।

समारोहमा साहित्यकार दीपशिखा घिमिरे र नवीन खत्रीले पुस्तक समीक्षकका रूपमा ‘कलेजी प्रेम’माथि आफ्ना विचार तथा दृष्टिकोण प्रस्तुत गरेका थिए।
लोकार्पण कार्यक्रममा लेखक भट्टराईले ‘कलेजी प्रेम’ केवल प्रेमकथामा सीमित कृति नभएको बताए। उनका अनुसार कृतिले प्रेम, सम्बन्ध, समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा जोड्ने प्रयास गरेको छ।
‘कलेजी प्रेम’ भट्टराईको पहिलो साहित्यिक कृति हो।
