उदाँउदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

उदाँउदो सूर्यलाई अर्घ्य दिई आज छठको समापन गरिएको छ। छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो।

बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका हुन्। मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ।

रातभर निरहार ब्रत बसे सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन भएको छ।

पर्वको पहिलो दिन ‘नहाय खाय’ विधि मनाइन्छ । मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वमध्ये छठ पनि एक मानिन्छ । यसरी दीपावलीको तयारी १५ दिनअघिदेखि सुरु हुने गर्दछ, त्यसरी नै छठ पर्वको तयारी पनि एक हप्ता पहिलेदेखि नै सुरु हुने गर्दछ । कार्तिक शुक्ल चतुर्थीका दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुने पण्डित रामकुमार शास्त्रीले बताए।

यो पर्वमा खासगरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ।

त्यसले गर्दा समेत यस पर्वको परम्परालाई उक्त रूपले नै देखिन्छ । गरिब, धनी, दलित एवं उचनिचको ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउने गरेका छन् ।

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै भक्तजन जम्मा भएर छठपूजा गर्ने गौरीघाटलाई पन्डाल, झिलिमिली बत्ती र केराका बोटसहितले सजाइएको थियो।

त्यहाँ पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत आइतबार छठी माताको पूजा आराधना गरेकी थिइन्। सोमबार बिहान रातभर ब्रत बसेका ब्रतालुहरुले उदाँउदो सूर्यलाई अर्घ्य दिएका छन्।

सिफारिस

यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विभाजित अशोक राई नेतृत्व ‘जनता समाजवादी पार्टी’ले पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाएको छ...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी र...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

धेरै पढिएको