कविता : आमा

  • भीम राई

आमा
तिमी नभएपछि
तिमीलाई गुमाएपछि
मैले छिचोल्नु पर्यो
दुःखको पहाड
मैले पन्साउनु पर्यो
बाटोको काँडा
मैले खेप्नु पर्यो
पिडाका अनगिन्ती झमेलाहरु

आमा
तिमीले छाडेर गएपछि
मृत्युलाई अंगालेपछि
छोरालाई सन्दिपातले भेट्यो
जहानलाई अस्पताल पुराउनु पर्यो
अनि शुरु भयो खेपाईहरु
त्यहाँ पो देखियो
छिमेकीको हेपाईहरु

आमा
तिमीले नदेखेपछि
मुसुक्क मुस्कुराउँदै नबोलेपछि
आएन शरिरमा उर्जाहरु
वर्षै बित्यो अभाव र तनावमा
कसरी सुनाउँ
कसलाई भनु म
आमा तिमि नै नभएपछि
नजिकको तिमीले
छाडेर गएपछि

घुरेनमा आरु बखडा यसपाली फलेन
घरबारीको पाङदुर कोदो भएन
तल्लोबारीमा पिडालु मासियो
साउनेबारीमा भटमास सुकेर गयो
बेसीमा धानको खेती
बीउ नै हरायो
खै के भो ? के भो?
तिमी नै नभएपछि

आमा
तिमीले संसार छाडेपछि
टुहुरा मलाई पारेपछि
निद पनि खोसियो
रोजगारी लुटियो
भएका सम्वन्ध टुटदै गयो
मुल नदि जस्तो जिन्दगीमा
भंगालो जस्तै छुटियो
खै कस्तो ? कस्तो ? भयो
बारीको डिलमा
तिमी पुगेपछि

आमा
आजकल न चरीले गाउँछ
न सुन्दर विहानी आँउछ
डालीमा बसेर टोलाउँछ ढुकुर
बास्दैन वासमा
बासेको भाले
झोक्राएको छ आगनको डिलमा
रोपेको काँचोपात
ढुसी पलाएको छ बुछालु
छैन कठुवामा तिनपाने
तिमीले नै छाडेर गएपछि

आमा
तिमीले जस्तो
न कसैले भोकाको सोध्छ
न कसैले दुखेको बुझ्छ
थैलिको पैसा राखेर
न कसैले जोहो गर्छ
पोल्टामा बोकेर
चिराईतो, ऐसेलुको मुन्टा
र ढुङ्ग्रेको जरा
औषधी भन्दै
न कसैले चिनाइ नै दिन्छ
तिमीले नै चोला उठाएपछि

आमा
कोलो कोलो भन्दै
डाक्दैनन सातो
कहाँ गईस छोरा
छिटो फर्कि
भन्दै
बोलाउँदैनन् मायाले
पुज्दै पुज्दैनन हामीलाई
बुझ्दै बुझ्दैनन् हामीलाई
आमा
तिमी नै नभएपछि
तिमीले नै छाडि गएपछि …

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको