कोरोना भाइरसको खोप कहिले पाइन्छ ? कति पर्छ मूल्य ?

जब कोरोनाभाइरसको खोप विकास हुन्छ, तत्कालै सबैलाई पुग्ने गरी खोप उपलब्ध भइहाल्दैन।

अनुसन्धान संस्था, प्रयोगशाला र औषधि निर्माण कम्पनीहरू अहिले प्रभावकारी खोपको विकास, परीक्षण र उत्पादन गर्न लाग्ने समयको लेखाजोखा गरिरहेका छन्।

विश्वव्यापी रूपमा खोप उपलब्ध होस् भन्ने सुनिश्चित गर्न अभूतपूर्व कदमहरू चालिएका छन् तर धनी देशले अगाडि पाउने र कमजोर देश पछि पर्ने चिन्ता प्रकट भइरहेका छन्।

कहिलेसम्म खोप आउने अपेक्षा गर्न सकिन्छ
सङ्क्रामक रोगका खोपको विकास, परीक्षण र वितरणका लागि वर्षौँ लाग्छ। अझ त्यसको सफलता पनि सुनिश्चित हुँदैन।

कोरोनाभाइरसको हकमा कुन खोप प्रभावकारी हुनसक्छ भनेर दशौँ हजार मानिस सहभागी परीक्षण चलिरहेको छ। त्यसो गर्दा पाँचदेखी १० वर्ष लाग्ने अनुसन्धानदेखि वितरणसम्मको प्रक्रियालाई केही महिनामा झारिएको छ।

लगानीकर्ता र उत्पादकले प्रभावकारी खोप तयार पार्न अर्बौँ डलर खर्च गरिरहेका छन्।

रुसले स्पुत्निक-भी खोपले बिरामीहरूको रोगप्रतिरोधी प्रतिक्रिया उत्पन्न गराएको भन्दै अन्तिम चरणको परीक्षण जारी रहँदै सर्वसाधारणलाई खोप उपलब्ध गराएको छ।

चीनले आफूले खोप विकासमा सफलता पाएको र त्यो खोप देशको सेनालाई दिइएको जनाएको छ।

दुवै खोप विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले भनेको तेश्रो चरणको परीक्षण सूचीमा छैनन् र उनीहरूको द्रुत विकासलाई लिएर आशङ्काहरू खडा भएका छन्।

परीक्षणमा अघि रहेका भनिएको केही खोपले यसै वर्षको अन्त्यसम्म अनुमति पाउने भनिएको छ।

तर डब्लूएचओले सन् २०२१ को मध्यअघि बृहत् रूपमा खोप लगाउने काम अघि नबढ्ने बताएको छ।

फिजर र बायोएनटेकले प्रारम्भिक विश्लेषणले आफूहरूले बनाएको खोपले ९० प्रतिशतभन्दा बढी मानिसहरूलाई कोभिड-१९ बाट जोगाउने बताउँदै नोभेम्बरको अन्त्यमा खोपको प्रयोगका लागि आपत्कालीन अनुमति माग्दै निवेदन दिने बताएका छन्।

फिजरले यस वर्षको अन्त्यसम्म पाँच करोड मात्रा र अर्को वर्षको अन्त्यसम्म एक अर्ब ३० करोड मात्रा खोप बनाउने बताएको छ।

अक्सफर्ड विश्वविद्यालयले विकास गरेर अनुसन्धानकै चरणमा रहेको खोप उत्पादनको अनुमति ब्रिटेनको औषधि उत्पादक एष्ट्राजेनेकाले लिएको छ।

उसले विश्वव्यापी उत्पादन क्षमता विस्तार गर्दै परीक्षण सफल भए विश्वलाई दुई अर्ब र यूकेलाई १० करोड खोप आपूर्ति गर्ने बताएको छ।

अरू दर्जनौँ औषधि उत्पादक कम्पनी पनि प्रतिस्पर्धामा छन्।

खासमा सरदर १० प्रतिशत खोप परीक्षण सफल हुने भएपनि विश्वव्यापी चासो, गठबन्धन र साझा उद्देश्यका कारण यसपटक अवस्था फरक हुने ठानिएको छ।

खोप राष्ट्रवाद
केही प्रमाणित नभएका सम्भावित खोप आफ्ना लागि सुनिश्चित गर्न विभिन्न देशका सरकारले सम्झौता गरिरहेका छन्। उदाहरणका लागि यूके सरकारले विभिन्न छ सम्भावित कोरोनाभाइरस खोपका लागि सम्झौता गरेको छ तर रकम भने खुलाएको छैन।

अमेरिकाले द्रुत रूपमा सफल खोपलाई हासिल गर्न आफ्नो लगानी परिचालन गरेको छ र ज्यानुअरीसम्म ३० करोड मात्रा खोप प्राप्त गर्ने अपेक्षा गरेको छ।

तर धेरै देशहरू यस्तो गर्न सक्ने अवस्थामा छैनन्।

अग्रमोर्चामा खटिएर खोप वितरण गर्ने संस्था मेदसाँ सं फ्रँतिएले फर्मास्युटिकल कम्पनीहरूसँग यसरी सम्झौता गर्दा धनी देशबाट खोप राष्ट्रवादको खतरनाक प्रवृति निम्तिने बताएको छ।

डब्लूएचओले पनि पैसा तिर्न सक्नेले मात्र नभई सबै देशले खोपमा समान पहुँच पाउनुपर्ने बताएको छ।

के विश्वव्यापी खोप कार्यदल छ?
डब्लूएचओले महमारी नियन्त्रण समूह सेपी र सरकार र सङ्घसंस्थाहरूको खोपको गठबन्धन गाभीसँग मिलेर सबैलाई समान पहुँच दिलाउने प्रयास गरिरहेको छ।

सन् २०२० को अन्त्यसम्ममा दुई अर्ब डलर जुटाउने लक्ष्य राखेर संसारभर खोप वितरण गर्न अघि बढाइएको कोभ्यास खोप अभियानमा ९४ वटा धनी देशले सहभागीता जनाइसकेका छन्।

डब्लूएचओबाट अलग हुने इच्छा राखेको अमेरिका उक्त अभियानमा छैन। कोभ्याक्समा श्रोत जुटाएर सहभागीले कम आय भएका अफ्रिका, एशिया र ल्याटीन अमेरिकाका देशहरूमा बराबर हैसियतमा खोपमा पहुँच दिलाउने अपेक्षा गरिएको छ।

यो अभियानले कैयौँ खोप अनुसन्धान र उत्पादनलाई श्रोत जुटाउन मद्दत गरिरहेको छ।

कुनै एक खोपको परीक्षण सफल भएपनि सन् २०२१ सम्ममा दुई खर्ब खोपका मात्रा वितरण गर्ने कोभ्याक्सको लक्ष्य छ।

खोपको मूल्य कति पर्छ?
खोपको विकासका लागि अर्बौ डलर लगानी भइरहेको छ भने त्यसको खरिद र वितरणका लागि दशौँ लाख डलर प्रतिबद्धता गरिएको छ। खोपको मूल्य यसको प्रकृति, उत्पादक र माग गरिएको खोपको मात्रामा निर्भर हुने देखिन्छ।

फर्मास्युटीकल कम्पनी मोडेर्नाले सम्भावित खोप प्रतिमात्रा ३२ देखि ३७ डलर सम्भावित खोप बिक्री गर्ने बताएको छ।

एस्ट्राजेनेकाले भने महामारीको समयमा केही डलर मूल्यमा त्यसलाई बेच्ने बताइरहेको छ।

परिमाणको हिसाबले संसारको सबैभन्दा ठूलो खोप निर्माता भारतको सिरम इन्स्टिच्यूट अफ इण्डिया एसएसआईले प्रतिखोप तीन डलर बिक्री गर्ने बताइरहेको छ।

खोप कसलाई पहिले?
सुरुमा सीमित आपूर्ति हुने हुँदा मृत्यु घटाउन र स्वास्थ्य सेवा जोगाउने विषयले प्राथमिकता पाउने देखिन्छ।

गाभीले मध्यम र कम आय भएका देशलाई सुरुमा उनीहरूको जनसङ्ख्याको तीन प्रतिशतलाई पुग्ने खोप दिने भनेको छ। त्यसले स्वास्थ्यकर्मी र समाजिक स्याहारमा खटिने व्यक्तिहरूलाई समेट्छ।

थप खोप उत्पादन भइरहँदा २० प्रतिशत आपूर्ति गर्ने भनिएको छ जसमा ६५ वर्ष नाघेका व्यक्तिहरू र जोखिममा रहेका समूहहरू प्रथमिकतामा पर्नेछन्।

सबै देशहरूले २० प्रतिशत खोप पाइसकेपछि देश अनुसारको जोखिमको अवस्था र कोभिड-१९ को चुनौती हेरेर थप खोप वितरण गरिनेछ। अझै पनि यस विषयमा वार्ता चलिरहेको छ।

चरम महामारी वा अरू हिसाबले पहुँच पाउन नसक्ने शरणार्थीजस्ता वर्गलाई लक्षित गरी सम्भावित खराब अवस्थालाई ध्यान दिएर उपलब्धमध्ये करिब पाँच प्रतिशत खोप अलग्गै राख्ने पनि भनिएको छ।

खोपलाई तापक्रम मिलाएर भण्डारण गर्नुपर्ने र हाल परीक्षणमा रहेका खोपका विभिन्न मापदण्ड रहेकाले चिसो कायम राख्ने उपकरणहरू जुटाउने चुनौती पनि छ। यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

सिफारिस

प्रकृति, संस्कृति र साहसिकताको गन्तव्य: ढोरपाटन र बुकीपाटन (तस्वीरहरू)

काठमाडौं - नेपाल प्राकृतिक सम्पदा र भौगोलिक विविधताले भरिएको देश हो। हिमाल, पहाड, वनजंगल, नदी तथा उच्च हिमाली मैदानहरूले यहाँको पर्यटनलाई विश्वभर चिनाएको छ।...

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक तथा सिर्जनात्मक कार्यशाला : डिजिटल गुओछाओ नवप्रवर्तन अभ्यास प्रदर्शनी” सुरु भएको छ। एक महिनासम्म सञ्चालन...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २...

भर्खरै

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य...

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा...

बाजुराको सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली (तस्वीरहरू)

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं - हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा...

धेरै पढिएको