चितवनमा रास्वपा प्रतिनिधिलाई बिहान ८ क्विन्टल मटन र भात, बेलुका मिक्सभेज

चितवन-। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्र आजदेखि चितवनमा सुरु हुँदैछ । देशभरका जिल्ला, प्रवास तथा विभिन्न तहका कमिटीबाट झण्डै ४१ सय प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन् ।

महाधिवेशनस्थलमा सहभागी प्रतिनिधिहरूको खानपान व्यवस्थापन आज बिहानदेखि औपचारिक रूपमा सुरु गरिएको छ । अधिकांश प्रतिनिधि हिजो नै चितवन पुगिसकेका छन् भने बसोबासको व्यवस्था आफैंले मिलाएका छन् ।

रास्वपाले प्रतिनिधिहरूका लागि बिहानको ब्रेकफास्ट, दिउँसोको खाना, दिउँसो हाइटी तथा बेलुकाको खानाको व्यवस्था गरेको जनाएको छ ।

खानाको व्यवस्थापन जिम्मा दियालो फुडल्याण्ड, क्षेत्रपुर–नारायणगढले तीन दिनका लागि लिएको छ । व्यवस्थापन पक्षका अनुसार बिहानको मुख्य खानामा खसीको मासु र भात समावेश गरिएको छ । सहभागीहरूको संख्यालाई ध्यानमा राख्दै बिहानका लागि मात्रै दैनिक झण्डै ८ क्विन्टल खसीको मासु तयारी गरिएको छ ।

बेलुकाको भोजनमा भने मिक्सभेज तरकारीलाई प्राथमिकता दिइने जनाइएको छ । मासु नखाने प्रतिनिधिहरूका लागि पनिर, च्याउ र सिजनल तरकारीको विकल्प राखिएको छ । बिहान र बेलुकाको भोजनमा कम्तीमा १० प्रकारका परिकार समावेश गरिने तयारी गरिएको छ ।

दियालो फुडल्याण्डका प्रवन्ध निर्देशक रमेश अधिकारीका अनुसार बिहान ७ बजेदेखि ब्रेकफास्ट, दिउँसो १ बजेदेखि २:३० बजेसम्म खाना, दिउँसो ३ देखि ५ बजेसम्म हाइटी तथा बेलुका ६ देखि ९ बजेसम्म रातिको खानाको तालिका तय गरिएको छ ।

चितवनको गर्मीलाई ध्यानमा राख्दै खाद्य सुरक्षामा विशेष सावधानी अपनाइएको अधिकारीले बताए । खाना तयारी र वितरणका लागि करिब २ सय कर्मचारी तथा कामदार परिचालन गरिएको छ ।

महाधिवेशनस्थलमै झण्डै ५ हजार जनाका लागि लाइभ कुकिङ गरेर भोजन गराउने व्यवस्था गरिएको जनाइएको छ । खाना वितरणका लागि १५ वटा टेबल स्टल राखिएको छ भने जिरा राइस, दाल, तरकारी, अचार, सलाद र दहीलगायतका परिकार उपलब्ध गराइनेछन् ।

प्रतिनिधिहरूलाई खानाका लागि कुपन व्यवस्था गरिएको छ । रास्वपाले प्रत्येक प्रतिनिधिबाट ५ हजार रुपैयाँ अधिवेशन शुल्क उठाएको छ भने बसोबास खर्च प्रतिनिधिले आफैं व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको