चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं – नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक तथा सिर्जनात्मक कार्यशाला : डिजिटल गुओछाओ नवप्रवर्तन अभ्यास प्रदर्शनी” सुरु भएको छ। एक महिनासम्म सञ्चालन हुने प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक लिउ चानपिङले यस कार्यक्रमलाई चीन–नेपाल सांस्कृतिक आदानप्रदान र नवप्रवर्तन सहकार्यको महत्वपूर्ण पहलका रूपमा प्रस्तुत गरे।

उनले “गुओछाओ” आधुनिक परिवेशमा पुनर्जागृत चिनियाँ सांस्कृतिक प्रवृत्ति भएको उल्लेख गर्दै यसले पाँच हजार वर्ष पुरानो चिनियाँ सभ्यताको सांस्कृतिक विरासतलाई डिजिटल प्रविधिसँग जोडेर नयाँ पुस्तासम्म पुर्‍याउने काम गरिरहेको बताए।

प्रदर्शनी बेइजिङ सिनछ्वाङयिङ इन्टरनेसनल कल्चर कम्पनी लिमिटेड द्वारा आयोजना गरिएको हो भने नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र र चीन तथा विदेशी मुलुकबीच सांस्कृतिक तथा पर्यटन आदान–प्रदान केन्द्र ले सह–आयोजना गरेका हुन्।

जुन २६ देखि जुलाई २५ सम्म सञ्चालन हुने प्रदर्शनीमा ५० भन्दा बढी सांस्कृतिक तथा सिर्जनात्मक कृतिहरू राखिएका छन्। जसमा सिरेमिक कला, तामाका कलाकृति, सुजोउ कढाइ, वस्त्रकला, सिर्जनात्मक बत्ती तथा परम्परागत चिनियाँ सौन्दर्यबाट प्रेरित आधुनिक उत्पादनहरू प्रदर्शन गरिएका छन्। यसमा चीनका अमूर्त सांस्कृतिक सम्पदाका उत्तराधिकारी तथा युवा कलाकारका सिर्जनाहरू पनि समेटिएका छन्।

प्रदर्शनीमा चिनियाँ ड्रागन बोट पर्व (दुआनवु पर्व) को अवसर पारेर विशेष सांस्कृतिक अनुभव कार्यक्रमहरू पनि समावेश गरिएको छ। आगन्तुकहरूले चिनियाँ परम्परागत परिकार ‘जोंग्जी’ को स्वाद लिन सक्नेछन् भने ताइची प्रदर्शन, परम्परागत गीत–नृत्य तथा कविता वाचनका कार्यक्रममार्फत चिनियाँ सांस्कृतिक परम्परा अनुभव गर्न सक्नेछन्।

कार्यक्रममा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक डिजाइनसम्मका विषयलाई समेट्दै दुई देशबीच सांस्कृतिक समझदारी र सिर्जनात्मक सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको बताइएको छ।

उद्घाटन मन्तव्यमा निर्देशक चानपिङले नेपाली नागरिकलाई परिवार र साथीहरूसहित प्रदर्शनी अवलोकन गर्न आग्रह गर्दै चीन–नेपाल सांस्कृतिक तथा सिर्जनात्मक सहकार्य र सभ्यताबीचको पारस्परिक सिकाइलाई थप मजबुत बनाउन सबैको सहभागिता आवश्यक रहेको बताए।

    

 

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको