नेकपा स्थायी कमिटी बैठक सकियो, किन आएनन् ओली ?

काठमाडौँ- प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको मुख्यालय धुम्बाराहीमा चलेको स्थायी कमिटी बैठक करिब २ घन्टामा सकिएको छ।

बैठकमा अधिकांश समय अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए। अध्यक्ष ओली तथा अन्य विभिन्न कारणले उपस्थित हुन नसकेका केही सदस्यहरुबाहेक अन्य सदस्यहरुको बैठकमा उपस्थिति थियो।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए। उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेका थिए।

प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार ओलीले आफ्नो पत्रमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा छलफल गर्न नसक्ने आफ्नो मान्यता रहेकाले बैठकमा आउन नसक्ने बताएका छन् ।

अब स्थायी कमिटी बैठक मंसिर २८ गते बस्नेछ। केन्द्रीय समिति बैठक पुस ५ गते बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

केन्द्रीय समिति बैठक मंसिर २५ गतेका लागि बोलाइएको थियो।

अध्यक्ष ओली भने बैठक सुरु हुने बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

सिफारिस

प्रकृति, संस्कृति र साहसिकताको गन्तव्य: ढोरपाटन र बुकीपाटन (तस्वीरहरू)

काठमाडौं - नेपाल प्राकृतिक सम्पदा र भौगोलिक विविधताले भरिएको देश हो। हिमाल, पहाड, वनजंगल, नदी तथा उच्च हिमाली मैदानहरूले यहाँको पर्यटनलाई विश्वभर चिनाएको छ।...

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक तथा सिर्जनात्मक कार्यशाला : डिजिटल गुओछाओ नवप्रवर्तन अभ्यास प्रदर्शनी” सुरु भएको छ। एक महिनासम्म सञ्चालन...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २...

भर्खरै

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य...

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा...

बाजुराको सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली (तस्वीरहरू)

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं - हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा...

धेरै पढिएको