- रवीन्द्र आशिष शैली
आएको हो एक्लै
जाने पनि एक्लै हो
किन ठान्छ मान्छे
आफू मात्र बेग्लै हो
नुहाउँछ दिन रात
फोहरी खेलहरुमा
ठान्छन् आफू अरु भन्दा
उ सङ्लै हो
गरिवको पसिनाले सजाउँछ
उ महल
झुप्रोलाई उ ठान्छ
गरिवको बङ्लै हो
सुकिलो लुगा भित्र सानो छ
मनपनि झुपडिमा बस्नेको लाग्छ
मन अग्लै हो
हत्केलामा तर संगै हुन्छन्
औलाहरु सधै मुठ्ठिमा हुन्छन् भन्नेहरु पाग्लै हो।