मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन, वर्षमा एकपटक मृगौला जाँच गराउनू : डा. बज्राचार्य

काठमाडौं  विश्वव्यापी रूपमा करिब ८५ करोड मानिस मृगौला (किड्नी) रोगबाट प्रभावित छन् भने नेपालमा प्रत्येक वर्ष करिब तीन हजार नयाँ बिरामी थपिँदैछन् । तर यकिन तथ्याङक आउन भने बाँकी रहेको मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. बिक्रम वीर बज्राचार्यले बताए ।

शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्ने मृगौला मानव शरीरको अति महत्वपूर्ण अंग हो । डा.बज्राचार्यका अनुसार मृगौला केवल रगत सफा गरेर पिसाब बनाउने काम मात्र गर्दैन, यसले शरीरमा नुनको मात्रा, ब्लड प्रेसर, हेमोग्लोबिन र भिटामिन डीको सन्तुलन कायम राख्छ ।

‘मृगौलाको काम रक्त फिल्टर मात्र होइन, शरीरको ब्लड प्रेशर र इन्डोक्राइन फङ्क्सनलाई पनि नियन्त्रण गर्ने हो,’ डा. बज्राचार्यले बताए। नेपाल न्यूज बैंकसँगको कुराकानीमा मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. बज्राचार्यले मधुमेह र उच्च रक्तचापलाई मृगौलाका लागि मुख्य खतरा रहेको बताए ।

‘ब्लड प्रेशर, उच्च रक्तचाप भएका र मधुमेहका बिरामीहरूमा चाँडै समस्या हुन्छ । प्रेसर बढी भयो या डाइबिटिजमा प्रोटिनहरू लिक हुन थाल्यो भने बिस्तारै किड्नीको काम गर्ने क्षमता कम हुन्छ,’ उनले भने ।
डा. बज्राचार्यका अनुसार उच्च रक्तचाप र मधुमेहले किड्नीको समस्या ल्याइ (ग्लोमेरोनेफ्राइटिस) किड्नीमा प्रोटिन जाने समस्या पैदा गर्दछ ।

‘उच्च रक्तचाप र मधुमेह यी दुई रोगले मृगौलाको काम गर्ने क्षमता छिट्टै घटाउँछन् । त्यसबाहेक ग्लोमेरोनेफ्राइटिस, बारम्बारको युरिनरी ट्रयाक इन्फेक्सन, पथरी, औषधि सेवन, पोलिसिस्टिक किड्नी डिजिज र जन्मजात समस्या पनि मृगौलामा असर पार्छन्,’ उनले थपे ।

डा. बज्राचार्यका अनुसार, मृगौला रोगको प्रारम्भिक लक्षण देखिँदा धेरैजसो मानिस सचेत हुँदैनन् । ‘शरीरले रोगलाई एडाप्ट गर्छ, त्यसैले प्रारम्भिक चरणमा लक्षण प्रायः देखिंदैन । तर पछि हातगोडा सुन्निनु, अनुहार फुल्नु, थकान, खाना अरुचि हुनु, वाकवाकी हुने जस्ता लक्षण देखिन्छ,’ उनले बताए।

उनले मृगौला रोगबाट बच्नका लागि स्वास्थ्यकर जीवनशैली अपनाउन सुझाए । उनका अनुसार पर्याप्त पानी पिउनु, सन्तुलित खाना खानु, फलफूल उपभोग गर्नु, चुरोट र मदिरा कम गर्नु र मधुमेह वा उच्च रक्तचाप भएका व्यक्तिले नियमित जाँच गराउनु आवश्यक छ ।

डा. बज्राचार्यले डायलाइसिस र मृगौला प्रत्यारोपणको अवस्थाबारे पनि जानकारी दिए । उनले भने, ‘क्रोनिक किड्नी डिजिजको अन्तिम चरणमा पुगेका बिरामीका लागि प्रत्यारोपण पहिलो विकल्प हो । डायलाइसिस भने नियमित रूपमा आवश्यक पर्छ । नेपालमा डायलाइसिस सेन्टरहरू बढेका भएपनि अहिले पर्याप्त छैनन् । सरकारको फ्री डायलाइसिस सेवा उपलब्ध भए पनि, धेरै बिरामीलाई खर्चिलो परिरहेको छ ।’

उनका अनुसार सामान्य व्यक्तिले वर्षमा कम्तिमा एकपटक किड्नी जाँच गराउनुपर्छ । यसले रोग प्रारम्भिक चरणमै पत्ता लगाउन र उपचार सुरु गर्न मद्दत गर्छ।

कसरी पत्ता लगाउने मृगौला समस्या ?
डा. बज्राचार्यका अनुसार मृगौला रोगको प्रारम्भिक लक्षणमा आपत्कालीन किड्नीको समस्या र दीर्घकालीन समस्या रहन्छ । आपत्कालीन किड्नीको समस्या अरु रोगसँग टाँसिएर आउँछ भने दीर्घकालीन मृगौलाको समस्या मृर्गौला फेल भनएसम्म थाहा नहुने डा. बज्राचार्यले बताए ।

‘किड्नी रोग प्रारम्भिक चरणमा देखिँदैन । एक्युट किड्नी इन्जुरी आपतकालीन अवस्था हो भने, क्रोनिक किड्नी डिजिज बिस्तारै आउँछ । प्रारम्भिक जाँचहरूमा युरिनमा प्रोटिन वा क्रेटिनिन बढेको देखिनु किड्नी समस्या संकेत हुन सक्छ,’ उनले भने ।

उमेर समूहको हिसाबले पनि समस्या फरक देखिने उनी बताउँछन् । प्रायः ४० वर्ष माथिका व्यक्तिमा मधुमेह, उच्च रक्तचाप वा अन्य रोगसँग सम्बन्धित कारणले किड्नी रोगको जोखिम बढी हुनेपनि उनले बताए ।

डायलाइसिस र मृगौला प्रत्यारोपण
डा.बज्राचार्यका अनुसार दीर्घकालीन मिर्गौला रोगको अन्तिम चरणमा डायलाइसिस वा मृगौला प्रत्यारोपण अपरिहार्य हुन्छ । किड्नी फेल भयो वा तत्कालको लागि काम गरेन भने तत्काल डायलाइसिस र तत्कालरुपमा मृगौला प्रत्यारोपणको अर्को विकल्प नरहेको उनले बताए ।

मृगौंलाको दीर्घकालीन रोगीहरूमा ९० प्रतिशत भन्दा माथि काम नगरे हप्ताको दुई चोटि वा तीन चोटि डायलाइसिस गर्नुपर्ने उनले जानकारी दिए ।

‘शरीरमा पीएचको मात्रा अत्यधिक मात्रामा घटेर गएको छ, बाइक कम भएको छ । पिसाबको मात्रा कम भएर जिउ सुनिन थाल्यो, सासै फेर्न गाह्रो भयो । औषधि दिँदा पनि काम गरेन भने डायलाइसिस दिनुपर्ने हुन्छ । दीर्घकालीन रोगीहरूमा अब यो किड्नीले अब ९० प्रतिशत भन्दा माथि काम गरेन भने हप्ताको दुई चोटि वा तीन चोटि डायलाइसिस रेगुलर रूपमै गर्नुपर्ने हुन्छ,’ उनले भने ।

डा. बज्राचार्यका अनुसार नेपालमा डायलाइसिस सेन्टरहरू धेरै बढीरहेका छन् । डायलाइसिस सेन्टरहरू प्रशस्त भएपनि डायलाइसिस सेवा सहजै दिन एकदमै धौ धौ परेको अवस्था रहेको पनि उनले बताए ।
‘विगतका १५ वर्षमा नेपालमा डायलाइसिस सेन्टरहरू धेरै बढेका छन् । बिरामीहरू बढ्दै गइरहेको छ । अहिले पनि डायलाइसिस सेवा सहजै दिन एकदमै धौधौ परेको अवस्था छ,’ उनले थप भने, ‘नेपाल सरकारले फ्री डायलाइसिस सेवा दिने सेन्टरहरू खोलेको छ तर अझै सबै बिरामीलाई सहज पहुँच छैन । सरकारी फ्री डायलाइसिस सेवाको पहुँचबाट बाहिर भएकाहरु धेरै पैसा तिरिरहनु परेको छ ।’

उनका अनुसार मृगौला प्रत्यारोपणका लागि पनि नेपालमा लिभिङ रिलेटेड डोनेर प्रणाली छ । बिरामीका आफन्त वा स्वास्थ्य मिल्ने सम्बन्धी व्यक्तिबाट मृगौला प्रत्यारोपण गर्न सकिन्छ ।

सावधानी र जागरूकता आवश्यक
डा. बज्राचार्यले सामान्य व्यक्तिलाई पनि वर्षमा कम्तीमा एकपटक रुटिन किड्नी जाँच गराउन सुझाव दिए।
उनले मृगौला रोग लाग्दा लक्षण लिएर नआउने भन्दै लक्षण देखिँदा मृगौला रोग अन्तिम चरणमा पुग्ने सम्भाजना बढी रहेको बताए ।‘अब मृगौला रोग लक्षण लिएर आउँदैन, मान्छेलाई जब गाह्रो पर्छ, त्यो अलमोस्ट लास्ट स्टेज नै भएर आउँछ । सामान्य मान्छेले पनि शरीरमा समस्या छ, साना–साना समस्याहरू छन्, जसलाई हामीले त्यति ध्यान दिइरहेको छैन भने वर्षमा एक पटक भए पनि स्क्रिनिङ गर्नै पर्छ,’ उनले भने ।

सुरुमा नै लक्षण पत्ता लागे उपचार सम्भव हुने बताए । उनले भने ‘सुरुमा साना लक्षण भए पनि नियमित जाँचले रोग प्रारम्भिक चरणमै पत्ता लगाएर उपचार सम्भव बनाउँछ । मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिहरूले विशेष ध्यान दिनुपर्छ ।’ उनका अनुसार मृगौला रोग सजिलै देखिँदैन, तर सचेत रहनु र नियमित परीक्षण गर्नु नै दीर्घकालीन स्वास्थ्यको सुनिश्चितता हो । मनिषा बस्नेत, नेपाल न्यूज बैंक

सिफारिस

पाशुपत क्षेत्रमा वनकाली माईको ऐतिहासिक जात्रा (तस्वीरहरू)

हरेक वर्ष वैशाख शुक्ल तृतीयका दिन मनाइने वनकाली माईको जात्रा साेमबार सम्पन्न भएको छ । पाशुपत क्षेत्रमा हेको वन काली मन्दिको थापनासँगै सुवात भएको...

A New Dawn in The Health Services in Nepal

Health has always been claimed to be a noble profession; aimed at serving the mankind. Understanding human-complex psychosomatic organization is a treacherous task. However,...

नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि पुगेका समर्थक (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच पहिलो टी–२० खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल...

भर्खरै

A New Dawn in The Health Services in Nepal

Health has always been claimed to be a noble...

नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि पुगेका समर्थक (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच...

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी”...

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

धेरै पढिएको