महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न लागेको कर्पोरेट टि–१० लिगका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी खुशी डंगोललाई ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त गरिएको छ।

आज आयोजित एक कार्यक्रममा उनलाई औपचारिक रूपमा उक्त जिम्मेवारी प्रदान गरिएको हो। सन् २०१७ देखि क्रिकेट यात्रा सुरु गरेकी डंगोलले अगस्ट २०२३ मा राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिइन्। कुवेतविरुद्धको आफ्नो पहिलो खेलमै पहिलो बलमा विकेट लिँदै उनले ऐतिहासिक उपलब्धि हासिल गरेकी थिइन्।

डंगोलले २०१९ को प्रधानमन्त्री कपमा एक रन पनि नदिई ५ विकेट लिएर कीर्तिमान बनाएकी थिइन्। हालसम्म उनले १० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन्।

कार्यक्रममा बोल्दै उनले ‘फेस’ बन्न पाउँदा खुशी व्यक्त गर्दै यस्तो प्लेटफर्मले महिला खेलाडीलाई थप अवसर दिने बताइन्। साथै, कर्पोरेट क्षेत्र र क्रिकेटबीचको सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गरिन्।

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्सका निर्देशक ज्योति भण्डारीले खुशीजस्तो प्रतिभाशाली खेलाडीको सहभागिताले लिगमा थप ऊर्जा र आकर्षण ल्याउने बताए।

कर्पोरेट टि–१० लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको