आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार बिदाइ गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गर्दै रुवान्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला खेलाडीको टोलीलाई विदाई गरेको हो ।

उक्त विदाई कार्यक्रमा कप्तान इन्दु बर्माले यसपटक लामो समय प्रशिक्षण क्याम्प राखेको र विदेशी कोचको अन्डरमा धेरै कुरा सुधार भइरहेको बताइन् । उनले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने पनि बताइन् ।

उनले भनिन्, ‘जति पनि हामी किक्रेट खेल्दै आयौं त्यसमा अब २०८३ सालमा अझैं राम्रो खेलेर जित हासिल गर्ने छौं । लामो समय प्रशिक्षण क्याम्प राखेको र विदेशी कोचको अन्डरमा धेरै कुरा सुधार भइरहेको छ । रणनीति अनुसार धेरै कुरा सुधार भएको छ, क्यानले पनि महिला क्रिकेटलाई धेरै सपोर्ट गरेको छ । यसपटक उपाधि जितेर नै फर्कने लक्ष्य लिएका छौं ।’
मुख्य प्रशिक्षक हर्षल पाठकले यसपटक क्याम्प राम्रो भएको र अन्डर प्रेसरमा राम्रो प्रदर्शन गर्नु सबैभन्दा महत्वपूर्ण रहेको बताए ।

अप्रिल १८ देखि मे १ सम्म हुने प्रतियोगितामा नेपाल, इटाली, रुवान्डा, अमेरिका र भानुआतुले प्रतिस्पर्धा गर्ने छन् । यस्तो छ नेपाली टोली इन्दु बर्मा (कप्तान), पूजा महतो, बिन्दु रावल, रुबिना क्षेत्री, रुबी पोदार, रोमा थापा, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी, मनिषा उपाध्याय ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको