सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे ध्यानाकर्षण गराएका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा गएको टोली सहभागी थियो। सो अवसरमा अध्यक्ष वन्तले सभामुख अर्याललाई पदभार ग्रहणको बधाई दिँदै फोटो पत्रकारहरूले कार्यक्षेत्रमा भोगिरहेका चुनौतीहरूबारे विस्तृत जानकारी गराए।

उनले विशेषगरी संसद् परिसरभित्र फोटो खिच्ने स्थानको अभाव, पहुँचसम्बन्धी कठिनाइ तथा कार्यसम्पादनमा देखिएका अवरोधहरू समाधान गर्न समन्वयात्मक पहल आवश्यक रहेको बताए।

सभामुख अर्यालले हाल संसद् बैठक सञ्चालन भइरहेको स्थान अस्थायी भएकाले यस्ता समस्या देखिएको उल्लेख गर्दै नयाँ संसद् भवन सञ्चालनमा आएपछि अवस्था सुधार हुने विश्वास व्यक्त गरे। उनले नयाँ भवन सञ्चालनका लागि तयारी तीव्र गतिमा अघि बढिरहेको र छिट्टै कार्यान्वयनमा आउने जानकारी पनि दिए।

फोटो पत्रकारहरूको पेशागत हकहित तथा कार्यसुविधा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताउँदै सभामुख अर्यालले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको