सरकारले तोक्यो निर्वाचन मिति, सत्तारूढ गठबन्धनको यस्तो तयारीसंगै के होला एमालेको हालत ?

सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको हो ।

महिला बालबालिक तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तोकेको बताइन् ।

आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदै छ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् ।

सरकारले आयोगको प्रस्तावबमोजिम नै निर्वाचन मिति तोकेर आयोगलाई तयारी अघि बढाउन आग्रह गरेको उनको भनाइ छ ।  संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालको पनि पदावधि सकिँदैछ । चार वर्षे पदावधि पूरा गर्न लागेका सदस्यमा चक्रप्रसाद स्नेही, दृगनारायण पाण्डेय, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दिनानाथ शर्मा, नैनकला ओझा, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, रामलखन चमार, शान्तिकुमारी अधिकारी जिसी, शेरबहादुर कुँवर, सुमनराज प्याकुरेलको पदावधि सकिँदैछ । राष्ट्रपतिबाट मनोनित सदस्य रामनारायण बिडारीको पनि पदावधि सकिँदैछ ।

नयाँ संविधानपछि निर्मित राष्ट्रिय सभामा गोला प्रथाका आधारमा प्रत्येक दुई वर्षमा २० जना सदस्यको पदावधि समाप्त हुन्छ । आउँदो फागुन २० मा गोला प्रथाका आधारमा चार वर्ष पदावधि कायम भएका सांसदहरुको पदावधि सकिन लागेको हो ।

राष्ट्रिय सभा सदस्यका निम्ति प्रदेशका सांसद, स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता हुन्छन् । तर तिनको मतभार भने फरक–फरक हुन्छ ।

सत्तारूढ गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गरेर जाने तयारी गरेका छन्। यस्तो तयारीसंगै एमाले यो निर्वाचनमा पत्तासाफ हुने लगभग पक्कापक्की नै छ।

सिफारिस

भक्तपुरमा इनार खन्ने क्रममा निसासिएर रामेछापका दुई जनाको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिक-४, खनालचोक सेतोमाइक्रो पार्कनजिकै इनार खन्ने क्रममा निसासिएर बुधबार दुईजनाको मृत्यु भएको छ। भाडाको जग्गा टहरो हालेर बस्दै आएका रामेछाप उमाकुण्ड गाँउपालिका–४ प्रिति...

यी प्रदेशमा आज दिउँसाे मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बिहीबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै १३५ वर्षअघि अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यी प्रदेशमा आज दिउँसाे मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा...

मौसम: आज कहाँ पर्छ पानी ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

घट्यो डिजेल-मट्टितेलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।मंगलबार...

इलाममा माधव नेपालको पार्टीको हरिबिजोग, जितबहादुरले पाए जम्मा ४०८ मत

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ...

इलाममा घण्टी उम्मेदवार मिलन लिम्बूको जमानत जफत

इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूको...

धेरै पढिएको