राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा शर्मालाई नियुक्त गर्ने निर्णय

काठमाडौं – सरकारले राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्येबाट पाँच जनाको नाम सर्ट लिस्ट गरिएको थियो । सर्ट लिस्टमा पर्नेमध्ये शर्मालाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

सर्ट लिस्टमा पर्नेहरुमा शर्मासँगै हल्दिवारी गाउँपालिका एक झापाका प्रा.डा.घनश्याम भट्टराई, बुढानीलकण्ठ नगरपालिका–९ काठमाडौंका दुर्गाप्रसाद पाण्डे, काठमाडौं महानगरपालिका ३० काठमाडौका प्रा.डा. महानन्द चालिसे, किर्तिपुर नगरपालिका–५, काठमाडौंका प्रा.डा. शोभाखर कंडेल रहेका थिए ।

अध्यक्ष नियुक्तिको लागि सिफारिस गर्न गठित समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७८ बमोजिम उम्मेदवारको कार्यविधिका आधारमा मूल्यांकन गरी वर्णानुक्रमअनुसार लोक सेवा आयोगले सूची सार्वजनिक गरेको थियो ।

सूचीमा सूचीकृत भएका उम्मेदवारको अवधारणापत्र र कार्ययोजना प्रस्तुतिकरण पुष १ गते भएको थियो भने उनीहरुको अन्तरवार्ता पुष दुइ गते आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा भएको थियो ।

यस्तै सरकारका प्रवक्ता एवम् मन्त्री कार्कीका अनुसार सरकारले क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक विदा दिने भएको छ ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको