काठमाडौं - माघेसङ्क्रान्तिमा खाइने प्रमुख परिकारमध्ये एक हो, चाकु । विशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायले मौलिक र परम्परागत ढङ्गले चाकु बनाउने गरेको छ । यसमा पनि ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारको चाकु प्रसिद्ध रहेको पाइन्छ ।
पोसिलो चाकुलगायतका मिठाई बनाएर बजारसम्म पुर्याउने परम्परादेखि नै टोखामा...