नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ। सोमबारको केन्द्रीय समितिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको पुस २६-२८ गते महाधिवेशन गर्ने तालिका सर्वसम्मत निर्णय भएको हो।
यस्तो छ तालिका
मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने
–जिल्लाको प्रतिनिधसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम पठाउने अवधि २४ गतेसम्म । पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने ।
–क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा नयाँ र नवीकरणसम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी अन्तिम सूची तयार गरी केन्द्रीय सभापति र कार्यवाहक सभापतिलाई बुझाउने मिति पुस १४ गते ।
–नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता नवयुवा पुस्ता अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था ।
–विदेशस्थित जनसम्पर्क समितको अधिवेशन पुस १५ ।
–गाउँ नगर र वडा अधिवेशन पुस १६ गते ।
–गाउँ नगरपालिका अधिवेशन पुस १७ गते ।
–प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते ।
–प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते ।
–एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते ।
–प्रदेश अधिवेशन २३ र २४ गते ।
महाधिवेशन पुस २६, २७ र २८ गते ।
