नेपाली सेनाकाे सिसं ४९ अधिकृत क्याडेट तालिम सम्पन्न, डल्लाकोटी भए प्रथम (फाेटाे फिचर)

काठमाडौँ – नेपाली सैनीक प्रतिष्ठान खरीपाटीमा सिसं ४९ पदिक तथा हुद्धा अधिकृत क्याडेट तालिम समापन भएको छ । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित कार्यक्रममा प्रधानसेनापति नेपाली सेनाको सहायक सेनानी दर्जामा पदोन्नति भएका नवआयुक्त अधिकृतलाई शुभकामना पनि दिए।

नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापनका अवसरमा सहभागीबाट कवाज प्रदर्शनी गरिँदै। तस्बिर – रत्न श्रेष्ठ, रासस

तालिममा उनीहरूले कवाज गरेका थिए, परेड खेलेका थिए। तालिमको प्रधासेनापति शर्माले निरिक्षण गरेका थिए। सोमबार तालिम समापन कार्यक्रममा सहायक सेनानी दर्जामा पदोन्नति भएका नवआयुक्त अधिकृतलाई शुभकामना दिँदै प्रधान सेनापति प्रभुराम शर्माले आयुक्तहरुलाई सेनाको व्यवसायीक छवि कायम राख्नको लागि जिम्मेवारी वृहत भएको बताए।

नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापनका अवसरमा सहभागीबाट कवाज प्रदर्शनी गरिँदै। तस्बिर – रत्न श्रेष्ठ, रासस

‘मनमस्तिष्कबाट मुलुक र संगठन प्रति समर्पण भाव राखी काम गर्नु । संगठनको छविलाई उचो बनाई राख्नु ।’ उनले भने, ‘संविधानले दिएको जिम्मेवारी सहित सेनाले विपद, मुलुकको संकटमा काधमा काध मिलाएको छ । सेना देश र जनताप्रति वफादार छ । पुर्खाहरूको देनले नै नेपाली सेना संगठन स्थापित भएको हो । व्यवसायीक र मर्यादित संस्था हो।’ उनले नेपाली सेनाले नेपालमा मात्र नभई विश्व शान्ति स्थापनार्थ समेत काम गर्दै आएको स्मरण गरे। उनले भने, ‘नेपाली सैना जुनसुकै चुनौती सामना गर्न तयार छ ।’

प्रधान सेनापति प्रभुराम शर्मा नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा सहभागी भई उत्तीर्ण हुने सैनिकलाई बधाई दिँदै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

२०७८ भदौ १० गते सुरू भएको तालिम आज समापन भएको हो । यो तालिममा ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट, ६२ पदिक तथा हुद्दा अधिकृत क्याडेट पासआउट भएका छन्।

नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापनका क्रममा परिवारबाट फुली लगाई दिँदै । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस

तालिममा पदिक गणेश डल्लाकोटी प्रथम भएका छन्। प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी अनुपजंग थापा ले वि सं २०४३ सालमा प्रतिष्ठानको स्थापना भएको र वि सं २०६६ सालदेखि मात्रै नेपाली सैनिक प्रतिष्ठान भएको बताए।

नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापनका क्रममा परिवारबाट फुली लगाई दिँदै । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस

उनले यसअघि अधिकृत पदिक, हुद्दा लाई मात्रै दिइने पनि जानकारी दिए। वि सं २०६१ सालबाट प्राविधिक तथा महिलाका लागि पनि तालिम दिइने शुरु भएको उनले बताए। अहिले यस प्रतिष्ठानमा सिस ६०, ६१ र ६५ को तालिम भइरहेको छ ।

नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापनका क्रममा परिवारबाट सगुन दही खुवाउँदै । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस
प्रधानसेनापति प्रभुराम शर्मा नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा सहभागी मध्ये उत्कृष्ट हुनेलाई फुली लगाई दिँदै । तस्बिर ः रत्न श्रेष्ठ÷रास
नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा सहभागी भई उत्तीर्ण हुने सैनिकसँग प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिवलगायत । तस्बिर ः रत्न श्रेष्ठ
नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा सहभागी भई उत्तीर्ण हुने सैनिकहरु । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको