काठमाडौँ – नेपाली सैनीक प्रतिष्ठान खरीपाटीमा सिसं ४९ पदिक तथा हुद्धा अधिकृत क्याडेट तालिम समापन भएको छ । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित कार्यक्रममा प्रधानसेनापति नेपाली सेनाको सहायक सेनानी दर्जामा पदोन्नति भएका नवआयुक्त अधिकृतलाई शुभकामना पनि दिए।
नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापनका अवसरमा सहभागीबाट कवाज प्रदर्शनी गरिँदै। तस्बिर – रत्न श्रेष्ठ, रासस
तालिममा उनीहरूले कवाज गरेका थिए, परेड खेलेका थिए। तालिमको प्रधासेनापति शर्माले निरिक्षण गरेका थिए। सोमबार तालिम समापन कार्यक्रममा सहायक सेनानी दर्जामा पदोन्नति भएका नवआयुक्त अधिकृतलाई शुभकामना दिँदै प्रधान सेनापति प्रभुराम शर्माले आयुक्तहरुलाई सेनाको व्यवसायीक छवि कायम राख्नको लागि जिम्मेवारी वृहत भएको बताए।
नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापनका अवसरमा सहभागीबाट कवाज प्रदर्शनी गरिँदै। तस्बिर – रत्न श्रेष्ठ, रासस
‘मनमस्तिष्कबाट मुलुक र संगठन प्रति समर्पण भाव राखी काम गर्नु । संगठनको छविलाई उचो बनाई राख्नु ।’ उनले भने, ‘संविधानले दिएको जिम्मेवारी सहित सेनाले विपद, मुलुकको संकटमा काधमा काध मिलाएको छ । सेना देश र जनताप्रति वफादार छ । पुर्खाहरूको देनले नै नेपाली सेना संगठन स्थापित भएको हो । व्यवसायीक र मर्यादित संस्था हो।’ उनले नेपाली सेनाले नेपालमा मात्र नभई विश्व शान्ति स्थापनार्थ समेत काम गर्दै आएको स्मरण गरे। उनले भने, ‘नेपाली सैना जुनसुकै चुनौती सामना गर्न तयार छ ।’
प्रधान सेनापति प्रभुराम शर्मा नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा सहभागी भई उत्तीर्ण हुने सैनिकलाई बधाई दिँदै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
२०७८ भदौ १० गते सुरू भएको तालिम आज समापन भएको हो । यो तालिममा ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट, ६२ पदिक तथा हुद्दा अधिकृत क्याडेट पासआउट भएका छन्।
नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापनका क्रममा परिवारबाट फुली लगाई दिँदै । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस
तालिममा पदिक गणेश डल्लाकोटी प्रथम भएका छन्। प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी अनुपजंग थापा ले वि सं २०४३ सालमा प्रतिष्ठानको स्थापना भएको र वि सं २०६६ सालदेखि मात्रै नेपाली सैनिक प्रतिष्ठान भएको बताए।
नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापनका क्रममा परिवारबाट फुली लगाई दिँदै । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस
उनले यसअघि अधिकृत पदिक, हुद्दा लाई मात्रै दिइने पनि जानकारी दिए। वि सं २०६१ सालबाट प्राविधिक तथा महिलाका लागि पनि तालिम दिइने शुरु भएको उनले बताए। अहिले यस प्रतिष्ठानमा सिस ६०, ६१ र ६५ को तालिम भइरहेको छ ।
नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापनका क्रममा परिवारबाट सगुन दही खुवाउँदै । तस्बिर ः रत्न श्रेष्ठ÷ राससप्रधानसेनापति प्रभुराम शर्मा नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा सहभागी मध्ये उत्कृष्ट हुनेलाई फुली लगाई दिँदै । तस्बिर ः रत्न श्रेष्ठ÷रासनेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा सहभागी भई उत्तीर्ण हुने सैनिकसँग प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिवलगायत । तस्बिर ः रत्न श्रेष्ठनेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा सहभागी भई उत्तीर्ण हुने सैनिकहरु । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस
धनगढी - सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पर्यटन फोटो पत्रकारिता तालिमको दोस्रो संस्करण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबि) र संयुक्त राष्ट्रसंघीय विकास...
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ।
सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ ११८ रनमै समेटियो। कीर्तिपुरस्थित...
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सको खेल भइरहेको छ। काठमाडौं गोर्खाजलाई सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य दिएको...