बाग्लुङको तमानखोला गाउँपालिका २ बुङखानीबाट ११ नाल भरुवा बन्दुक र २ नाल बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तमानखोला गाउँपालिका २ बुङखानी बस्ने ६४ वर्षीय भिम बहादुर कामी, ४१ वर्षीय सुरेश रसाईली, २९ वर्षीय मोती प्रसाद रसाईली, ४६ वर्षीय धन बहादुर छन्त्याल,...
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन्। त्यसैगरी नेकपा नेता कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिएका छन्। यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा...
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जोडेर बुढीगण्डकीका सन्दर्भमा दिएको अभिव्यक्ति आधारहिन, गलत र कपोकल्पित एवं दुरासय पूर्ण रहेको दावी गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै डा.भट्टराईको...
काठमाडौं - कुनै कम्पनीमा बिमा गरिएका व्यक्तिको परीक्षण शुल्क बिमा रकमबाट काटिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड-१९ को प्रयोगशाला परीक्षण निर्देशकाको पाँचौँ पटक परिमार्जन गर्दै बिमा गरेका व्यक्तिको परिक्षण शुल्क बिमा रकमबाट कटिने व्यवस्था गरिएको जानकारी दिए। मन्त्रिपरिषद्को असोज १९ गते बसेको बैठकले सो निर्णय...
सर्लाहीमा प्रहरी कार्यालय घेराउ गर्न गएको समूह र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन्। एक दलित व्यक्तिको हत्याको विषयलाई लिएर नाराबाजी गर्दै गएको समूहले प्रहरी कार्यालयमा ढुंगामुढा गरेको प्रहरीले जनाएको छ। रामनगर गाउँपालिका ७ का ६० वर्षीय महेन्द्र राम गतसाता स्थानीयबीचको झगडामा मारिएका...
काठमाडौँ - कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर थप १२ जनाको मृत्यु भएको छ । यस्तै देशभर हालसम्म संक्रमणबाट निधन हुनेको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा आज थप २६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका...
काठमाडौं – काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ९९६ जना, भक्तपुरका १०२ जना र ललितपुरका ३०५ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा १३९४७ जनाको पिसिआर परीक्षण गरिएको छ। त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा २१२९ जनामा संक्रमण देखिएको थियो।...
काठमाडौँ- नेपालमा थप २६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ११७९९६ पुगेको छ। पछिल्लो अपडेट अनुसार ३६३६७ जना सक्रिय संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा १३९४७ जनाको कोरोना परिक्षण गरिएको छ। त्यस्तै आजै थप २१७४ जना कोरोना संक्रमित...
इन्डियन प्रिमियर लिग (आइपिएल) को ३० औं खेलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७:४५ बजे दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दिल्ली छैटौं र राजस्थान चौथो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । दिल्ली ७ खेलमा ५ मा जित र...
शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला परेको वडा सदस्य लालाबहादुर महराले बताए...