श्रीना नेपाल  काठमाडौं - नारी राष्ट्रस्य अक्शि अस्ति अर्थात् नारी राष्ट्रकि आँखा हुन् ईतिहास हेर्दा पनि वैधिक युगका विधुषी मध्य सुर्या, विइववार अंपाला, रोमशा जस्ता नारी रत्नहरू थिए जस्ले आफ्नो दिव्य आलोक छर्केर त्यस युगलाई उज्यलो र सफल बनाएका थिए । अहिलेको समयमा नियालदा सि. एन. एन. हिरो विजेता...
काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा नेपालका ठूला भनिएका सञ्चार माध्यमका सम्पादक र मालिकलाई रात्री भोज खुवाईएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले असार २५ गते बुधबार राति दूतावासभित्रै मदिरासहितको रात्रिभोज आयोजना गरेका हुन् । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले असार २५ गते बुधबार राति लैनचौरस्थित राजदूतावासभित्र मदिरासहितको रात्रिभोज...
दर्के झरीमा बेपर्वाह भिज्नुको आफ्नै मज्जा छ । आकाशको पानी भुँइमा तप्कदा पैदा हुने ध्वनीमा एकोहोरिनुको पनि बिछट्टै मज्जा छ । भुँइमा पानीको थोप्पा तप्किएको र पानी फोका उठेको हेर्दै त्यसैमा ध्यानमग्न हुनुको पनि मज्जा छ । अर्थात बर्षायाममा आफैमा रोमाञ्चक मौसम हो । यतिबेला चारैतिर हरियाली हुन्छ । तुवालो...
  मेयर साब नमस्कार, केहि दिन अघि स्थानीय समाचारमा मन्थली नं पा भित्र करौडौको लगानीमा सुबिधा सम्पन्न पौडी पोखरी बन्ने समाचार पढ्न पॉए कताकता मनमा शीतलता पनि छायो। फेरि त्यहि न.पा भित्र बर्षौ देखि पानी चोरी हुने डरले चाबी लगाउने गरेको भन्ने समाचार पढेपछि मन दुखी भयो। मेयरसाब हजुरलाई धेरैले विकासप्रेमी भनेर...
काठमाडौं -  सरकारले आइतबार उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको जनाएका हुन् ।
काठमाडौँ –  नेपालको पहिलो मुस्लिम महिला जिल्ला बाराकी अर्कना खातुन  अन्नपूर्ण बेस क्याम्पसम्म आरोहण गर्न सफल भएकी छिन् । उनी यही जेठ १७ गते शुक्रबार तीन दिन लगाएर ४१३० मिटरमा रहेको एबिसी चढ्न सफल भएकी हुन् । हाइक फर नेपाल नामक संस्थाद्वारा आयोजित एबिसी हाइकिङबाट अर्कना हाइक गर्न गएकि थिइन् ।...
काठमाडौं – सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बिदा दिने निर्णय भएको बताए । मुस्लिम धर्मावलम्बी सम्वद्ध विभिन्न संघसंस्थाले आफ्नो पर्वको दिन बिदा दिन माग गर्दै आएका...
नेपाली कांग्रेसले देशभर जागरण अभियान संचालन गरिरहेकाे छ । साेहि कार्यक्रम अन्तरगत यतिबेला नेपाली कांग्रेसका नेताकार्यकर्ता विभिन्न कार्यक्रममा ब्यस्त देखिन्छन् । यसैविच रामेछाप जिल्लामा नेपाली कांग्रेसले भाेलि जेष्ठ १५ गते गणतन्त्र दिवसका दिन जिल्लाकाे सबै वडामा एकैसाथ जागरण अभियानकाे कार्यक्रम गर्दैछ । जागरण अभियानकाे कार्यक्रमका लागि नेपाली काङ्ग्रेसका केन्द्रीय...
चितवन - चितवनको भण्डाराबाट धादिङको मलेखु जोड्ने चेपाङ मार्ग सडकखण्डकाे कालाेपत्रेकाे काम सकिन नपाउदै कालाेपत्रे उप्किएन थालेकाे स्थानीयले गुनासाे गरेकाे छ । उक्त सडक चितवनतर्फ ६ किलोमिटर र धादिङतर्फ १० किलोमिटर गरि १६ किलोमिटर सडक कालोपत्रे भएकाे हाे । सडक डिभिजन कार्यालय भरतपुरकाे सहयाेगमा महालक्ष्मी शिवशक्ति सेवाले कालाेपत्रेकाे काम जिम्मा...
रामेछाप – भूकम्पले क्षतिग्रस्त भएका रामेछापका ३ वटा सरकारी कार्यालयहरुको भवन पुननिर्माण कार्य सम्पन्न गरी शुक्रबार हस्तान्तरण गरीएको छ । रामेछापको सदरमुकाम मन्थलीमा रहेको शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र पमुख जिल्ला अधिकारीको आवासको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न...