हाडिगाउँमा स्थानीय र प्रहरीबीच अन्तर्कृया सम्पन्न

आमनागरिक र प्रहरीबीच समन्वय भएमात्रै समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी हुने सरोकारवालाले बताएका छन् ।

शनिबार महानगरीय प्रहरी वृत्त कमलपोखरीले काठमाडौं–५ स्थित ढुंगाधारामा आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘सामाजिक सुरक्षा विषयक’ अन्तरक्रियाका वक्ताहरुले प्रहरी र स्थानीयबीच समन्वय भए समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उपलब्धि देखिने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद नारायण सिलवालले स्थनीय नागरिकलाई कानुनी सचेतना प्रदान गर्नु सराहनीय कदम भएको र नागरिकको सहकार्यबिना शान्तिपूर्ण समाज निर्माण गर्न असम्भव भएको बताए । समाजमा अपराध घटाउनका लागि स्थानीयबासीले पनि विशेष रुपमा सजग हुनुपर्ने र प्रहरीलाई सहयोग गर्नुपर्ने उनले बताए ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले सामाजिक विकृतिको कारण सृजित अपराधको रोकथाम र न्यूनिकरणका लागि प्रहरीले स्थानीय सरकार, विद्यालय, समुदाय र सामाजिक संघ–संस्थासँग सहकार्य गरिरहेको बताए । कार्यक्रमका सहभागीले राखेका जिज्ञासाको उनले सम्बोधन गरेका थिए । काठमाडौं–५ का वडाअध्यक्ष रमेश डंगोलले सामाजमा अपराध न्यूनिकरणका लागि प्रहरीसँग मिलेर अघि बढ्ने बताए ।

सिफारिस

पाटनमा ऐतिहासिक घोडेजात्रा सम्पन्न (तस्वीरहरू)

ललितपुरको पाटन क्षेत्रमा हरेक वर्ष मनाइने ऐतिहासिक घोडेजात्रा यस वर्ष पनि परम्परागत शैलीमा सम्पन्न भएको छ। चैत कृष्ण औँसीका अवसरमा मनाइने यो जात्रा काठमाडौंको...

टुँडिखेलमा सेनाले यसरी मनायो घोडेजात्रा (तस्वीरहरू)

आज काठमाडौंको टुँडिखेलमा नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ को अवसरमा विभिन्न प्रदर्शन गरिएको छ । परापूर्वकालदेखि चल्दै आएको यो सांस्कृतिक परम्परामा यस वर्ष पनि नेपाली...

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण (तस्विरहरू)

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । साेमबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

टुँडिखेलमा सेनाले यसरी मनायो घोडेजात्रा (तस्वीरहरू)

आज काठमाडौंको टुँडिखेलमा नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ को अवसरमा...

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण (तस्विरहरू)

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई...

फर्पिङमा सामूहिक बेल विवाह समारोह सम्पन्न (तस्वीरहरू)

फम्पि नेवा पुच: को आयोजनामा फर्पिङमा दुई दिनसम्म सञ्चालन...

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको...

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

धेरै पढिएको