उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ ‘चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान’ कार्यक्रममा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्ततर्फ प्रस्थान गरेका छन् ।

चीन प्रस्थान गर्ने टोलीमा मार्सल आर्ट र परम्परागत धनुर्विद्या (ट्रेडिसनल आर्चरी) क्षेत्रका अनुभवी व्यक्तित्वहरू सहभागी छन्। टोलीमा राजिव महर्जन, राज कुमार राई, तेम्बा भोटे, शंकर भुजेल, उमेश महर्जन र राज महर्जन रहनुभएको छ। उहाँहरूले कुन्मिङमा रहँदा चिनियाँ प्रशिक्षकहरूसँग आधुनिक मार्सल आर्ट र प्राचीन धनुर्विद्याका विविध आयामहरूमा गहन प्रशिक्षण लिनेछन्।

काठमाडौं जेन्जी ट्रेडिशनल आर्चरी संघका अध्यक्ष तथा नेपाल उसु महासंघका उपाध्यक्ष अभिषेक विक्रम शाहका अनुसार, यो भ्रमण मुख्यतया ‘स्किल ट्रान्सफर’ र प्रशिक्षणमा केन्द्रित रहनेछ। एक हप्तासम्म चल्ने यस सत्रमा नेपाली सहभागीहरूले चिनियाँ मार्सल आर्टको शैली र परम्परागत आर्चरीका प्राविधिक पक्षहरू सिक्नेछन् भने नेपालको मौलिक खेल संस्कृति र पहिचानलाई चिनियाँ खेल समुदायमाझ प्रस्तुत गर्ने छन्।

“हामीले विगतमा नेपालमा आयोजना गरेको सेमिनारले जुन उत्साह जगाएको थियो, त्यसैलाई थप व्यावसायिक बनाउन यो चीन भ्रमण फलदायी हुनेछ,” अध्यक्ष शाहले भने ।

मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले यो कार्यक्रम विगतमा भएका सम्झौताहरूको सफल कार्यान्वयन भएको बताउनुभयो। प्रशिक्षणले नेपाली खेलाडी र प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गरी आगामी दिनमा नेपालमा मार्सल आर्ट र परम्परागत आर्चरीको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउन मद्दत गर्ने विश्वास लिइएको छ।

चीन प्रस्थान गर्नुअघि काठमाडौं जेन्जी ट्रेडिशनल आर्चरी संघका अध्यक्षले टोलीलाई एक विशेष कार्यक्रमका बीच बिदाइ गर्नुभयो। बिदाइका क्रममा उहाँले टोलीलाई सफलतापूर्वक प्रशिक्षण पुरा गरी राष्ट्रको गौरव बढाउन शुभकामना दिनुभयो।

काठमाडौं जेन्जी ट्रेडिशनल आर्चरी संघ नेपाल र मार्सल आर्ट अर्गनाइजेसन नेपालको संयुक्त पहलमा यो कार्यक्रम तय भएको हो। दुई देशका संस्थाहरूबीचको आपसी समझदारी स्वरूप यसपटक नेपाली टोलीलाई चीनको ‘कुन्मिङ जेन्जी ट्रेडिशनल अर्गनाइजेसन’ ले प्रशिक्षणका लागि आमन्त्रण गरेको हो।

सिफारिस

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धेरै पढिएको