फूटपाथमा ओखरको ब्यावसाय गरी लाखौं आम्दानी

डम्बर निदाल

डडेल्धुरा – डडेल्धुराको स्याउले बजारका ओखर व्यवसायीहरुले ओखर संगै अन्य दाल,तिमुर,मौसमी फलफुल लगायत कृषि उपज बस्तु बिक्रि गरि वर्षेनी लाखौ रुपैंयाँआम्दानी गर्न सफलभएका छन् । गाउँमा जंगली जनाबरको आतंकबाट खेती खान नदिए पछि सडकमा व्यवसाय गर्दै आएका डडेल्धुराका स्थानीयले मनग्गे आम्दानी गर्न सफल भएका हुन ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला तथा तराईका जिल्ला सहित देशका अन्य जोड्ने मुख्य चोकको रुपमा रहेको डडेल्धुरा जिल्लाको स्याउले बजारका फूटपाथमा ओखर, दालतिउन, मिश्रि, तिमुर र फलफूल तथा मौसमी कृषि उपज बिक्रि गरि परिवार पाल्नका साथै लाखौको आम्दानी गर्न सफल भएका छन ।

डडेल्धुराको स्याउले वजारका ओखर व्यवसायी पहाडी जिल्ला बैतडी,दार्चुलाबाट ओखर आयात गरि डडेल्धुराको फूटपाथमा बसेर वर्षेनी लाखौ रुपैंयाँ आम्दानीगर्न सफलभएका हुन ।

डडेल्धुराको स्याउले बजारमा १८÷२० ओखरका पसलछन् ,यस बर्ष स्याउले बजारमा करिव २० लाख बराबरको ओखर आयात भएको स्थानिय ओखर ब्यवसायी गणेश दियालले बताए । ओखर ल्याउनका लागी पहाडी जिल्ला बैतडी,दार्चुला लगायतका जिल्लाका गाउँगाउँ पुग्नुपर्ने बाध्यता रहेको र लगानी अनुसारको मुनाफा नहुने उनको भनाई छ ।

पहाडी जिल्ला बैतडी , दार्चुला र डडेल्धुराका विभिन्न स्थानवाट उत्पादितओखर स्याउले वजार सहित डडेल्धुरा सदरमुकाम बसपार्क क्षेत्रमा रहेका दर्जनौ व्यापारीहरु प्रतिकिलो छ सय देखि आठ सय सम्ममा ओखर वेचेर वर्षेनि एक लाख देखी दुई लाखसम्म आम्दानी गर्ने गरेको वताउछन् ।

डडेल्धुराको स्याउले वजारमा पसलै पिच्छे विक्रिका लागि ओखर राखिएका छन तर गतवर्ष भन्दा यस वर्ष कोरोना महामारीको प्रभावले अन्यवर्षको तुलनामा यो वर्ष ओखरको खासै ब्यापार हुन नसकेकोे व्यवसायी शोभा देवी दियालले बताईन । ओखरको ब्यवसाय गर्नु अगाडी आफुले दाउरा बेच्ने,ढुङ्गा बोक्ने जस्ता काम गर्ने गरेको र त्यो काम वाट घर खर्च चलाउन निकैनै कठिन भएकोले आफुले ओखर बेच्ने ब्यापार गरेको ओखरको ब्यापार गरे पछि घरखर्च लगायत बालबच्चाको पठनपाठनको खर्च राम्रै संग चलिरहेको उनले बताईन ।

लगानी अनुसारको बिक्रि र मुनाफा नभए पनि वर्षौं देखि यस व्यवसायमा लागिसकेकोले कृषिकर्म गरेर बँदेल बाँदरले सताउँने भएका कारण जीविकोपार्जनका लागि पेशा परिबर्तन गरेकोले बार्षिक रुपमा सरदर आम्दानी सन्तोषजनक रहेको व्यवसायीहरु बताउँछन ।

सुदूरपीश्चमका उच्च पहाडी जिल्लाबाट आयात हुने ओखर राजमार्ग भएर तराई तथा काठमाण्डौं र भारततिर जाने यात्रुहरुले कोशेली तथा खानका लागि ओखर किने लैजाने भएकाले यस व्यवसायबाट डडेल्धुरामा ठुलो मात्रामा बर्षेनी ओखरको ब्यापार हुने गरेको छ ।

वर्षों देखि फूटपाथमा मौसमी फलफूल तथा कृषि उपज र खुद्राकिराना सामानहरु बिक्रि गरेर जीविकोपार्जनमा लागेका खासगरि अमरगढी १ का बासिन्दाहरु यस वर्ष कोरोना भाईरसका कारण व्यवसाय प्रभाबित भएको भन्दै चिन्तित पनि भएका छन ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको