काठमाडौं – काठमाडौं उपत्यकामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका १५७० जना, भक्तपुरका ११९ जना र ललितपुरका १८९ जनामा कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा १३१४४ जनाको पिसिआर परिक्षण गरिएको छ।
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।
यस्तै नेपालमा थप ३३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १८२९२३ पुगेको छ।
