रामेछाप – रामेछापको मन्थली नगरपालिका २ करम्बाेट नजिकै साेतीमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराती १२ बजेर २५ मिनेट जाँदा दोलखाबाट तरकारी,फलफुल, लिएर ओखलढुङ्गातर्फ जादै गरेको प्रदेश ३-०१-००६ ख ३२० नम्बरको भ्यान दुर्घटना हुदा चालक प्रदिप कार्कीकाे मृत्युु भएको हो।
भ्यान सडकबाट करिव ४०/५० मिटर तल खस्दा चालक उदयपुर कटारी नगरपालिका ४ का ३२ वर्षिय प्रदिप कार्कीकाे मृत्यु भएकाे हाे । दुर्घटना भएकाे जानकारी पाउनासाथ प्रहरीले चालक कार्कीलाई उद्वार गरि उपचारका लागि तामाकोशी अस्पताल मन्थली ल्याइएको थियाे । उपचारका लागि अस्पताल ल्याएता पनि कार्कीलाइ बचाउन भने नसकिएकाे प्रहरीले जनाएकाे छ ।
