डम्बर निदाल
डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ चिरकिट्टे गाउँमा पोल गाडेको चार वर्षपछि बिजुली बलेको छ । अमरगढी नगरपालिकाको पहल र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराको सहयोगमा बिजुली बलेको हो । गाउँमा विद्युत पुगेसँगै विद्यालयमा पठनपाठन गर्ने बालबालिकाहरुलाई सहज हुनुका साथै अन्य कामका लागी पनि सहज हुने स्थानीय बताउँछन् ।
डडेल्धुराको अमरगढी–३ चिरकिट्टे गाउँका स्थानीयले गाउँ झिलिमिलि पार्ने र दैनिकी सहज बनाउने सपना साचेर आफै बोकी गाउँमा पोल पु¥याएको चार वर्षपछि सपना साकार भएको छ । गाउँवासीहरु दिनभरी खेतबारीमा ब्यस्त भए पनि सूर्यास्तसँगै सुनसान बन्ने यहाँका बस्ती बिजुली बलेसँगै झिलिमिली बनेका छन् ।
विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले मिटर फारम आवेदन माग गर्दा १÷२ जनाले मात्रै आवेदन दिएको र अन्य उपभोक्ताले मिटर आवेदन फारम नभर्ने गरेको कारण बिजुली नपुगेको जनाउँदै आएको थियो । उपभोक्ताले मिटर लगेर जडान गरेपछि विद्युत प्राधिकरणले बिग्रिएको ठाउँमा मर्मत गरि विद्युत संचालन गरेको जनाएको छ ।
गाउँमा बिजुली बलेपछि यसवर्षको तिहारमा अन्य गाउँबस्ति जस्तै यहाँका गाउँहरू पनि झिलिमिलि हुने भएका छन । गाउँमा विद्युत पुगेसँगै पठनपाठन गर्ने बालबालिकाहरुलाई सहज हुनुका साथै अरु कामका लागी पनि सजिलो भएको स्थानिय बताउछन्् ।
बिजुली बाल्न धेरै संघर्ष गर्नुका साथै आफूहरूले जिल्ला सदरमुकामबाट ४ वर्ष पहिले विद्युतका पोल बोकेर गाउँमा पु¥याएको स्थानिय भिम पाण्डेयले बताए । ठेकेदार र विद्युत कार्यालयको लापरबाही तथा स्थानियले चासो नदिँदा बिजुली नपुगेको भएपनि अहिले स्थानीयको चासो र विद्युत कार्यालयको अग्रसरतामा बिजुली पुर्याउन सफल भएको साथै बिजुली नपुगेको ठाउँमा गएर विद्युत जडानका लागी आग्रह समेत गरेकोे अमरगढी नगरपालिका–३ का वडाध्यक्ष गोविन्द बोहराले बताए ।
अमरगढी नगरपालिकाको चिरकिट्टे, ढोल पोखरा, सतकाटा, रोडङा र भागेश्वर गाउँपालिकाका खाल्टा, चौडलगाएतका बस्तिहरूमा समेत बिजुली पुगेको छ । साँझ पर्नासाथ वरपरका गाउँ झिलिमिली भएपनि यहाँका स्थानीय सोलार, टुकि, झरो (सल्लाको दाउरा) बालेर रात बिताउन बाध्य भएका थिए ।
