डम्बर निदाल
डडेल्धुरा – नेपाल प्रेस युनिययन डडेल्धुराले जिल्ला कारागार डडेल्धुरा भित्रको पुस्तकालयका लागी पुस्तक उपलब्ध गराएको छ । कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागी किताब उपलब्ध गराईएका हुन ।
प्रेस युनियनका पदाधीकारीहरुले बुधबार कारगारमै पुगी किताब कारागार लाई उपलब्ध गराएका छन । कानुन सम्बन्धिका पुस्तक संगै प्रेरणा दायक, जीवन उपयोगी पुस्तक र भलिबल, नेट उपलब्ध गराईएको नेपाल प्रेस युनियन डडेल्धुरा शाखा अध्यक्ष धन बहादुर भण्डारीले बताए ।
कानुन सम्बन्धि जानकारी र कैद भुक्तान गरिसके पछि सामान्य जीवनमा उपयोगी किताबहरु कारागार लाई उपलब्ध गराईएको उनले बताए । यसले ज्ञान आर्जनका साथै खाली समय व्यतित गर्न कैदीबन्दिहरु सहज हुने छ । कानुन सम्बन्धि जानकारी पनि हुने र यसले समाज प्रतिको दायित्व पनि बोध गराउने छ । यो शुरुवात हो । अझै सहयोग गर्ने छौ,उनले भने ।
बजेट अभावका कारण भौतिक पुर्वाधार लगायत कानुन प्रदत्त बिषय वस्तुहरुको पुर्ती नभएको अवस्थामा किताब र खेल सामाग्रीले कारागार कार्यालयको सेवा प्रवाहमा सहयोग पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बावुराम आचार्यले बताए । साथै उनले निरन्तर सहयोगको अपेक्षा गरेकाछन् ।
केही सयम पहिले कारागारको अनुगमन गर्दा पुस्तकहरु भए सहज हुने कैदी बन्दिको जिज्ञासा बमोजिम जिल्ला सरकारी वकिल कार्यालय र प्रेस युनियनको पहलमा पुस्तक उपलब्ध गराईएको जिल्ला न्यायधिवक्ता प्रकाश बहादुर भण्डारीले बताए ।
जेल भनेको सुधार गृह हो । वर्तमान कानुन अनुसार कारागार व्यवस्था सम्बन्धि ऐन, नियमावलीहरु तत्काल संसोधन हुदैछन । संसोधन हुदा करिब एक हजार पाँच सय कैदी बन्दिहरु एक महिना भित्र नै मुक्ति पाउदैछन । जेल बाट मुक्ति पाईसके पछि यहि समाजमा आउनु हो । समाजमा आईसके पछि गर्ने जीवन उपयोगी कामहरु, समाज परिवार प्रतिको जिम्मेवारी बहन गर्नु पर्ने भएकाले कारागार लाई उपलब्ध भएका किताबहरुले महत्वपुर्ण भुमिका खेल्ने उनले बताए ।
ऐन कानुनमा भएका बुदाहरुको पालना गर्नु पर्ने बताउदै उनले यस बारे जानकारी नहुदा पनि अपराधका गतिबिधि हुने गरेको औल्याए । त्यस कारण पनि कानुन सम्बन्धिका किताबहरु उपलब्ध गराएको उनले बताए ।
जिल्ला कारगार डडेल्धुरामा अहिले एक सय आठ जना कैदी बन्दि छन । यस मध्ये महिला १७ जना छन । विभिन्न ३२ प्रकारका मुद्दामा उनिहरुले कैद भुक्तान गरिरहेको जेलर कमलापति भट्टले बताए । नेपाल सरकारको ऐन नियमावली अनुसार सेवा सुबिधाहरु पाईनै रहेको जनाउदै उनले मुडा बनाउने काम पनि कैदिबन्दिहरुले गरिरहेको बताए । यद्दपि कोरोना संक्रमणका कारण अन्य गतिबिधहरु भने हुन नसकेको उनले बताए । कैद भुक्तान गरिरहेकाहरु लाई खाना पकाउने भान्साको समस्या रहेको चौकीदार उत्तम रानाले बताए । चिसो समयको शुरुवात भएकाले खाने पकाउने भान्सा व्यवस्थित गरिनु पर्ने माग उनको थियो ।
