डा. युवराज खतिवडा भन्छन् : राजदूत पद मागेर लिएको होइन

काठमाडौ – अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले आफुले अमेरिकाको राजदूत हुन कहिले पनि सरकारसँग प्रस्ताव नगरेको बताएका छन । बिहीबार संसदीय सुनुवाई समितिसँगको छलफलमा उनले आफुले मागेर राजदूत पद नलिएको बताएका हुन ।

डा खतिवडाले आफूले राजदुत मागेको नभई राजनीतिक नियुक्ति राज्यले दिएकोले पाएको दाबी गरे । प्रोटोकल भावना, कानूनी र मर्यादाको कुरा भएको उल्लेख गर्दै डाक्टर खतिबडाले संघका मन्त्रीहरु प्रदेशमा र कतिपय मन्त्री भएका व्यक्तिहरु राजदूत भएको उदहारण समेत प्रस्तुत गरे ।

आफुविरुद्ध परेका उजुरीहरुमा जवाफ दिँदै खतिवडाले शैलीगत रुपमा व्यक्तिगत कमी कमजोरी भएपनि नैतिक र आर्थिक रुपमा आफु कमजोर नभएको बताए । उनले अर्थमन्त्रीको कार्यकालमा केही गलत काम भएको भए संसदीय समितिलाई छानबिन गर्न आग्रह गरे ।

२० औं वर्ष सार्वजनिक जीवनमा बसेको र १५ वर्ष विभिन्न लाभका पदमा काम गर्दा कारवाहीमा परेका, करछलीमा परेका र बैंकिङ कसुरमा कारवाहीमा परेकाहरुले उजुरु गर्नु सामान्य भएको उनको भनाइ छ । खतिवडाले विगतमा आफु निर्णायक भूमिकामा रहँदा एमसीसी सम्झौता अनुमोदनका लागि संसदसम्म पुगेको उल्लेख गर्दै अहिले पनि परराष्ट्र मन्त्रालयको निर्देशन पालना गर्ने तहमा भएकाले सोही अनुसार काम गर्ने बताए ।

अमेरिकाले एमसीसी परियोजना लागु गर्न अन्य कुनै स्वार्थ नभएर नेपालको विकासको मात्रै स्वार्थ भएको स्पष्ट पारिरहेकाले नेपालमा उठेका विषयहरु त्यहाँका अधिकारीहरु समक्ष पु¥याएर सहजिकरण गर्न सकिने खतिबडाको भनाइ छ । उनले नेपालमा विदेशी लगानी ल्याउन प्रोत्साहन गर्ने, नेपाल र अमेरिकाबीच भन्साररहित ब्यापारको सुविधा रहेकाले त्यसको भरपुर उपयोग गर्ने तर्फ सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको