इलाम- काग तिहारको अवसरमा इलाममा कलाकार रमेश दुलाले काग सम्मेलन गरेका छन् । राष्ट्रिय सङ्गीतकर्मी सङ्घका उपाध्यक्ष समेत रहनुभएको कलाकार दुलालले काग तिहारकाे अवसरमा कागकाे आवाजकाे नक्कल गरि काग सम्मेलन गरेका हुन् ।
दुलालले कोरोना सङ्क्रमितको निः शुल्क उपचार गर्न सरकारलाई दबाव दिन काग सम्मेलनकाे आयोजना गरेको बताएका छन । दुलाल विभिन्न जनावार, चराचुरुङ्गि तथा विभिन्न वाद्यवाधनको आवाज निकाल्ने कलाकार हुन । उनले इलाम चोक बजार र बजार नजिकै रहेको माइस्थान मन्दिरमा कागको आवाज निकालेर काग सम्मेलन सम्मन्न गरेका छन् ।
काग तिहारको अवसर पारेर विगत १६ वर्षदेखि उनले काठमाडौँमा सङ्घको आयोजनामा सम्मेलन गर्दै आउनु भएको छ । यस वर्ष आफ्नै जिल्ला इलाममा काग सम्मेलन गर्न पाएकोमा खुशी व्यक्त गरे ।
राष्ट्रिय लोक साँस्कृतिक संघ तथा दुलाल बन्धु सेवा समिति इलामले काग सम्मेलनको आयोजना गरेको हो । कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी तुलसी सेडाइँ, इलामका प्रहरी प्रमुख नबिनराज राई, सञ्चारकर्मी तथा स्थानीयको सहभागीता रहेको थियो
