काठमाडौं – काठमाडौं उपत्यकामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका २८९ जना, भक्तपुरका १२ जना र ललितपुरका ३८ जनामा कोरोना संक्रमण देखिएको हो।
यस्तै काठमाडौँ उपत्यकामा हिजोपनि ५०१ जनामा कोरोना संक्रमण भएको थियो।
यस्तै नेपालमा थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २११४७५ पुगेको छ।
