काठमाडौँ – नेपालमा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २१२९१७ पुगेको छ।
पछिल्लो अपडेट अनुसार २८८७८ जना सक्रिय संक्रमित पुगेका छन्।
आज जम्मा ६७३१ जनाको पिसिआर परिक्षण गरिएको थियो।
त्यस्तै आजै थप ३५३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो संगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या १८२७८० पुगेको छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या केहि घट्दो क्रममा रहेको छ।
