दिल्लीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कडाइको तयारी गरिएको छ । अब मास्क नलगाउने व्यक्तिले दुई हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । मुख्यमन्त्री अरविन्द केजरिवालले उपराज्यपाल अनिल बैजलसँग यसबारे छलफल गरेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।
यसअघि दिल्लीमा मास्क नलगाउने व्यक्तिलाई पाँच सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
विवाहका लागि दिइएको छुट फिर्ता लिएसँगै अब दिल्लीमा मास्क नलगाउने व्यक्तिमाथि कारबाही गरिने भएको छ।
मुख्यमन्त्री केजरिवालले बिहीबार दिल्लीमा कोही मास्क नलगाएको फेला परे दुई हजार रुपैयाँ जरिवाना गरिने बताएको समाचारमा उल्लेख छ । यसका साथै केजरीवालले विपक्षी दलहरुसँग कोरोनाको समयमा राजनीति नगर्न र दिल्लीवासीलाई घरमै बसेर छठ पर्व मनाउनसमेत आग्रह गरेका छन् ।
