एकदिवसीय क्रिकेट : अस्ट्रेलियाद्वारा भारत पराजित

काठमाडौँ – अस्ट्रेलिया र भारतबीचको एकदिवसीय सिरिजको पहिलो खेल अस्ट्रेलियाले ६६ रनले जितेको छ । आजदेखि शुरु भएको तीन खेलको एकदिवसीय खेलको पहिलो खेल अस्ट्रेलियाले ६६ रनले जितेको हो ।

अस्ट्रेलियाले दिएको ३७५ रनको विशाल रनको लक्ष्य पछाएको भारतले ५० ओभरमा ८ विकेट गुमाउदै ३०८ रन मात्र बनाउन सक्यो ।

भारतका लागि हार्दिक पाण्डेय शतकबाट चुक्दै ९० रन बनाएर एडम जाम्पाको बलमा आउट भएका थिए । हार्दिकले ७६ बलमा ७ चौका र ४ छक्का प्रहार गरेका थिए ।

त्यस्तै शिखर धवनले ७४ रन बनाएर आउट भए भने रविन्द्र जडेजाले २५, मयंक अग्रवालले २२, कप्तान विराट कोहलीले २१ रन बनाएका थिए ।

अस्ट्रेलियाका बलर एडम जाम्पाले ४ विकेट लिए भने जोस हजेलवूडले ३ विकेट तथा मिचेल स्टार्कले एक विकेट लिएका थिए ।

यस अघि अस्ट्रेलियाले भारतलाई ३७५ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाउदै ३७४ रन बनाएको हो ।

अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्च र स्टिभ स्मिथले शतकीय पारी खेलेका थिए ।

फिन्चले ११४ रन बनाएर आउट भएका थिए । फिन्चले १२४ बल खेल्दै ११४ रन बनाएर आउट भएका थिए । त्यस्तै स्टिभ स्मिथले ६२ बलमा शतक पुरा गर्दै १०५ रन बनाएर आउट भएका थिए ।

त्यसैगरी डेविड वार्नर ६९ रन बनाएर आउट भएका थिए । त्यस्तै ग्लेन म्याक्सवेलले १९ बलमा ४५ रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर मोहमद सामीले ३ विकेट लिए भने जसप्रित बुमराह, नवदीप सैनी र युजवेन्द्र चहलले एक एक विकेट लिए ।

तीन खेलको सिरिजमा दोस्रो खेल नोभेम्बर २९ मा सिड्नीमै हुने छ भने तेस्रो तथा अन्तिम खेल डिसेम्बर २ मा क्यानबेरामा हुने छ ।

 

सिफारिस

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने जनाएको छ । संसद् बैठक लगत्तै पत्रकार सम्मेलन गरेर कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठकमा...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने पक्का भएको छ। बुधबार उच्च अदालत, पाटनले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

डा. गोविन्द केसीले अनसन स्थगित

काठमाडौँ - डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्...

पूर्वप्रधानसेनापति थापाको निधन

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ। लामो समयदेखि...

मन्त्रिपरिषद् बैठक: के के गर्यो निर्णय ?

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त...

धेरै पढिएको