काठमाडौं – घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा इङ्ल्यान्डले जित निकालेको छ । इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गरेको हो । केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १८० रनको लक्ष्य इङ्ल्यान्डले १९ ओभर २ बलमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
इङ्ल्यान्डका लागि जोनी बेरेस्टोले अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ९ चोका र ४ छक्काको सहयोगमा ८६ रनको योगदान गरे ।
त्यस्तै वेन स्टोकले ३७ रनको योगदान गर्दा इयोन मोर्गानले १२ रन जोडे । बलिङतर्फ दक्षिण अफ्रिकाका लागि जर्ज लिन्डे र लुङ्गी एन्गीडीले समान दुई–दुई विकेट लिए ।
यसअघि टस हरेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनाएकोे थियो ।
दक्षिण अफ्रिकाका लागि फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले । ४० बल खेलेका उनले ४ चौका र २ छक्काकोे सहयोगमा ५८ रनको योगदान गरे ।
दक्षिण अफ्रिकाका लागि भान डर डेरसेनले ३७ रन बनाउँदा क्विन्टन डीककले ३० रनको योगदान गरे ।
बलिङतर्फ इङ्ल्यान्डका लागि श्याम करनले ३ विकेट लिए । त्यस्तै जोफ्रा आर्चर, टोम करन र क्रिस जोर्डानले समान एक–एक विकेट लिए ।
