काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको दैनिक थोक मूल्य विवरण अनुसार आज गोलभेडा ठूलो (नेपाली)लाई प्रतिकेजी ६८ र ठूलो गोलभेडा (भारतीय)लाई ६५ रुपैयाँ पर्नेछ ।
त्यस्तै, गोलभेडा सानोलाई प्रतिकेजी ४५ रुपैयाँ, गोलभेडा सानो (टनेल) ५० रुपैयाँ, गोलभेडा सानो (तराई)लाई प्रतिकेजी ५२ रुपैयाँ आलु रातो ६३ रुपैयाँ, आलु रातो (भारतीय)को प्रतिकेजी ६० रुपैयाँ र आलु सेतोलाई ४७ रुपैयाँ पर्नेछ ।
यसैगरी प्याज सुकेको (भारतीय) लाई प्रतिकेजी ८९ रुपैयाँ, सुकेको प्याज (चाइनिज)को भाउ प्रतिकेजी ६३ रुपैयाँ, गाजर(लोकल) ७७ रुपैयाँ, बन्दा (लोकल) ३० रुपैयाँ पर्नेछ ।
आज स्थानीय काउलीको भाउ प्रतिकेजी २० रुपैयाँ तोकिएको छ भने स्थानीय काउली (ज्यापु)लाई ४०रुपैयाँ र तराई काउलीलाई २० रुपैयाँ पर्ने समितिको विवरणमा उल्लेख छ ।




