डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरामा एक जना किसानले एक करोड रुपैयाँको लागतमा व्यवसायीक रुपमै आलु खेती शुरु गरेका छन् । आलु उत्पादनका लागि नमुना जिल्लाका रुपमा रहेको डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका भेटाका प्रसाद अवस्थीले व्यवसायीक रुपमै आलु खेती शुरु गरेका हुन् ।
गन्यापधुरा गाउँपालिकामा करिव चार सय रोपनी जमिन भाडामा लिई एक करोड रुपैयाँको लागतमा व्यवसायीक रुपमै आलु खेती शुरु गरेका छन् ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका—१ का विभिन्न स्थानमा चार सय रोपनी जमिन भाडामा लिई व्यक्तीगत लागनीमा आलु खेतीगर्न शुरु गरेका छन् । वडा नम्वर १ को लकतडा,वल्तडी लगायतका विभिन्न स्थानमा आलु खेती गरेका छन् । तरकारीको व्यापार गर्दै आईरहेका अवस्थीले व्यवसायीक रुपमै आलु खेती गरेपछि स्थानियले रोजगारी समेत पाएका छन् । अवस्थीका वारीमा हाल करिव १५ जना स्थानियले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।
आफु संग भएको एक जिप विक्रि गरेर आलु खेतीमा लगाएको किसान अवस्थीले वताए , ‘कामका लागि विदेश जानु भन्दा आफ्नै गाउँमा केही काम गर्नु पर्दछ भन्ने उदेश्यले पच्चिस बर्ष सम्म वाझो रहेको चार सय रोपनी जमिन भाडामा लिई व्यवसायीक रुपमै आलु खेती गर्न शुरु गरेको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना डडेल्धुराले केही प्राविधिकका साथै सिचाईका लागि व्यवस्थापन गरेको भएपनि स्थानिय सरकारका साथै प्रदेश सरकार वाट हाल सम्म सहयोग पाइएको छैन । स्थानिय तहले सहयोग गर्छु भनेर आश्वासन मात्र दिने गरेको उनको भनाई छ ।
यता गन्यापधुरा गाउँपालिकाले सक्दो सहयोग गर्ने वताएको छ । गाउँपालिकामै नमुना आलु खेती भएको छ ,गाउँमै कृषि माध्यमवाट रोजगारी सृजनागर्न खोजेका समयमा उहाँले गाउँमै रोजगारी सृजना गरेर स्थानियलाई रोजगारी दिएका छन् । गाउँपालिकावाट हुन सक्ने सहयोगका लागि आफु कहिले पछि नपर्ने गाउँपालिका अध्यक्ष नवलवहादुर मल्लको भनाई छ ।
आलु खेती विरलै देखीने गन्यापधुरा गाउँपालिका वडा नम्वर १ मा भने आज भोलि अन्य खेती छोडेर पनि आलु खेती गरेको देखिन्छ ।
यहाँ वर्षको दुई पटक आलु खेती हुने गरेको छ । आलु खेती मात्रै नभई अवस्थीले समय अनुसार अन्य तरकारी खेतीका गर्नुका साथै भैसी र कुखुरापालन पनि गर्न शुरु गरेका छन् । च्याउ खेतीका लागी टहरा तयार गरीन लागेको र टहरा तयार गरीसके पछि च्याउ खेती पनि संचालन गर्ने उनले बताए । अवस्थीको आलु खेती देशमै नमुना रहेको दावि गरिएको छ । समुहमा आलु लगाइएको भएपनि व्यक्तीगत लगानीमा चार सय रोपनीमा आलु खेती गरिएको देशभरीमै एक हुन सक्ने दावि गरिएको छ ।
