काठमाडौँ – नेपाली बजारमा आज बुधबार सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति १ सयले बढेर प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो ।
त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ७०० रहेको छ ।
त्यसै आज बुधबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाले बढेर १३ सय ५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
